–सनत कुमार थापा

सर्ब प्रथम म मेरो शिर हजुरको पाउमा राखि आशिर्वाद माग्छु।
यो संसारमा जन्म दिनु भएकोमा म सधै हजुर प्रती नतमस्तक छु।।
हाम्री ममतामई आमाको आशिर्वाद र माया हामीले निरन्तर पाई रहौ।
सधै सेवा गरी आमाको प्रत्यक्ष निगरानीमा संसारमा अगाडी बढ्न सकौ।।
आमा हजुरलाई सन्तानलेे पालेका हैन हजूरको छत्रछायामा हामी छौ ।
जन्मेदेखिनै हामीले आमाको असिम निगाह र ममता पाईरहेका छौ।।
हजुरका सन्तानहरु सधै सत्कर्ममा लागी सधै प्राणीको हितमा रहुन।
असल मानिस बनि बिस्व मै चर्चाको शिखरमा पुग्न सफल रहुन।।
ब्रम्हाण्डमा जहाॅ रहेपनि हजूरका सन्तती सबै सुख र शान्ती संग बसुन ।
आमाको आशीर्बादले सधै सुस्वास्थ रहि सफलताको शिखरमा पुगुन ।।

प्रकाशन मिति–२०७७ साल बैशाख ११ गते विहीवार ।