Doctor (1)काठमाडौं। नक्कली प्रमाणपत्र रहेको आरोपमा पक्राउ परेका चिकित्सकले भारतको बिहार बोर्डबाट पास गरेको आर्इएस्सी प्रमाणपत्र पेस गरेको रहस्य खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आठ सय नौ जना चिकित्सकको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान गर्दा एक सयजनाको नक्कली प्रमाणपत्र रहेको पत्ता लगाएको हो।

ब्यूरोले नक्कली चिकित्सक पक्राउ गर्न थालेको ‘अप्रेशन वाक’ अन्तर्गत गत शुक्रबार दश जिल्लाबाट ३६ जना चिकित्सकलाई पक्राउ गरेको थियो। जसमध्ये काठमाडौंका १३, पर्साका ९, मोरङका ३, चितवनका ३, धनुषाका २, ललितपुरका २, र दाङ, झापा तथा कास्कीका एकएकजना चिकित्सक छन्।
प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार ।