काठमाडौं। आपतकी देवी नै मानिएकी कलाकार इन्दु नेपालीले किड्नी रोगवाट पीडित अग्रज फोटोपत्रकार आशाकाजी महर्जनको उपचार्थ सहयोग हस्तान्तरण गरेकी छन्।

कलाकार नेपालीले शनिवार भक्तपुरको मध्यपुर थिमी नगरपालिका बाहाखाबजारमा आयोजित सांस्कृतिक कार्यक्रममा विविध नृत्य गरेर पाएको नगद ५ हजार पारिश्रमिक किड्नी रोगवाट पीडित फोटोपत्रकार महर्जनको उपचार्थ सहयोग गरेकी हुन्।

फोटोपत्रकार महर्जनको काठमाडौंको बाफलको चख्खुमार्ग स्थित निवासमा सोमवार पुगेर सहयोग हस्तान्तरण गर्ने कार्य कलाकार नेपालीवाट भएको हो।

कसैलाई आपत–विपत परेमा जस्तोसुकै अवस्थामा पनि सक्दो सहयोग गर्ने बानी भएको कारण कलाकार नेपालीलाई आपतकी देवी भनिएको हो।
प्रकाशन मिति–२०७५ साल पुष ९ गते सोमवार ।