–प्रेमसागर कर्माचार्य
आमा तिमी कसैकी छोरी
छोरी तिमी कसैकी बुहारी
बुहारी तिमी कसैकी आमा
आमा तिमी कसैकी सासू
जे जस्तो संज्ञा दिए नी
तिमी जगतकी जननी

हुँदामा छोरी चुलबुल चञ्चल
हुँदामा बुहारी अलिक बन्धन
हुँदामा आमा होशियार सचेतन
हुँदामा सासू पारिवारिक चेतन
जे जस्तो संज्ञा दिए नी
तिमी जगतकी जननी

समानता सहिष्णुता सुन्दर पार्ने सासू
गुरूकुलको गुरू तिमी पहिलो आमा
परिवारजनमा छाउनु पर्ने हुँदा बुहारी
आमा बाको काखमा रमाउने हुँदा छोरी
जे जस्तो संज्ञा दिए नी
तिमी जगतकी जननी

(आमाको मुख हेर्ने दिनको अवसर पारेर नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले लेख्नुभएको आमा संवन्धी यथार्थवादी कविता)