काठमाडौं। कोरोना कहरको महामारीले काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरुमा लकडाउन भैरहेको अवस्थामा यसको मारमा परेकाहरुलाई सहयोग वितरण गर्ने कार्य हुन थालेको छ। यस कार्यमा हामी नेपाली ग्लोबलको अग्रता पनि देखिन थालेको हो।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाइ तथा संयोजकत्वमा संयुक्त राहत तथा मेडिकल सामाग्री वितरण गर्ने कार्य गरिन थालेको छ। जसमा राष्ट्रिय संगीतकर्मी संघ, बीबीटीएम फाउण्डेसन, नेशनल इनटी सेन्टर तथा गुड टिभी युट्युब च्यानलको साथ र सहयोगमा हामी नेपाली ग्लोबलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेडिकल सामाग्री सहितको राहत वितरण गर्ने कार्य भैरहेको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले वताएका छन्।

अस्पतालमा भर्ना हुन नसकेकालाई भर्ना गर्ने देखि लिएर अक्सिजन नपाएर छटपटाइरहेकाहरुलाई पनि अक्सिजन उपलव्ध गराउने कार्यदेखि खाद्य राहत सामाग्री समेत वितरण गर्ने कार्य दैनिक रुपमा गर्दैआएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाको भनाई छ।

बर्तमान विष यस परिस्थितिमा हामी नेपाली ग्लोबलको सामाजिक उत्तरदायित्वमय कार्यमा एनआरएनएका कोषाध्यक्षका उम्मेदवार राजीवप्रसाद श्रेष्ठ तथा उपाध्यक्ष डिमराम पराजुलीको पनि आर्थिक अनुदान सहयोग रहेको जानकारी पनि केन्द्रिय अध्यक्ष लामाले दिएका छन्।
प्रकाशन मिति–२०७८ साल बैशाख २७ गते सोमवार ।