काठमाडौं। कोरोनाको महामारीको कारण जारी लकडाउनले राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ। आज सोमवार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ। यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो। अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए।

स्थगित गरिएको परीक्षाको मोडालिटीमा कहिलेबाट सञ्चालन गर्ने भन्ने बारे आगामी १५ दिनभित्र बोर्ड सदस्यहरूले आ–आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।


प्रकाशन मिति–२०७८ साल बैशाख २७ गते सोमवार ।