ललितपुर। ललितपुर महानगरपालिकाका स्मार्ट मेयर चिरिबाबु महर्जनले सामाजिक संञ्जालमा निस्किएको कुरामा प्रतिकार गर्न आग्रह गरेका छन्।

रातो मच्छिन्द्रनाथको यस वर्षको रथयात्राका विषयमा छलफल गर्न ज्यापू समाजको संयोजनमा आइतवार भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आयोजना गरेको सरोकारवालाको भेलामा उक्त आग्रह गरेका हुन्।

यद्यपि, प्रतिकार कुन रूप र स्तरमा हो, मेयर महर्जनले त्यो भने खुलाउने कार्य भएको छैन्। “यहाँ कुनै कुनै खेल्ने तत्वहरू छन् । ती खेल्ने तत्वले अहिलेको सामाजिक संञ्जाल प्रयोग गरेर नचाहिने किसिमले खेल्न सक्छ” भन्दै मेयर महर्जनले फेसबुक , ट्विटर वा अन्य सामाजिक संञ्जालमा यताउति कुनै कुरा निस्कियो भने त्यसमा प्रतिकार गर्न सिडियो कार्यालय, प्रहरी कार्यालय र १९ जातीय समाजसहित खलःपुचःको नामै तोकेर आग्रह गर्ने कार्य भएको छ।

सो बैठकमा स्थानीय प्रशासन, प्रहरी र गुठी संस्थान, रथयात्रा सम्बद्घ सरोकारहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गत वर्ष भदौ १८ गते विहीवार स्वतःस्फूर्त रथ तान्ने र त्यसपछि प्रहरी र स्थानीयबीच झडपलाई मेयर महर्जनले सरोकारवालाहरु रथयात्राको विषयमा अनिर्णयको बन्दी रहेको र हामी जाग्नुपर्यो भन्ने आसयले फेसबुक, ट्विटरहरू पोष्टिङ्ग गरिएपछि भएको पोहोरको घटनाको चित्रण मेयर महर्जनले गरेका छन्।

https://www.facebook.com/prithvindu.maharjan/videos/2035307259956535

प्रकाशन मिति–२०७८ साल बैशाख २७ गते सोमवार ।