Petrol Hahakar 4

काठमाडौ। नेपाल आयल निगमले विहीवार जनैपूर्णिमाको एक दिन सार्वजनिक विदा परेकोले पेट्रोलियम पद्धार्थ वितरण नगर्दा त्यसको असर त्यसको भोलिपल्ट शुक्रबार गाईजात्राको दिन देखा पर्यो। गाईजात्राको दिन एकाएक प्राय सवै पेट्रोल पम्पहरुमा पेट्रोल छैन भन्ने सूचना टांसिएपछि उपभोक्ताहरु आतिएका थिए।

Petrol Hahakar 2

लौ फेरि भारतले नाकाबन्दी गर्यो कि भनेर हतारमा पेट्रोल दिएका सिमित पम्पहरुमा लामो लामवद्ध बनेर पेट्रोल लिन बसेको पाइयो। एक किसिमले गाईजात्राको गाईजात्रे मूडमा रहेका कतिपय उपभोक्ताहरु पेट्रोलको लाइनमा बस्नु पर्दा हैरान बनेका थिए। नेपाल आयल निगमले भने नेपालमा पेट्रोलियम पद्धार्थको अभाव नभएको र जनैपूर्णिमामा विदा परेकोले उक्त दिन पम्पहरुमा पेट्रोल वितरण गर्न नसक्दा त्यसप्रकारको अवस्था आएको भनेको छ।

Petrol Hahakar 1

नेपालको व्यवस्थापिका संसदले विदाको दिनमा पनि पम्पहरुमा पेट्रोल उपलव्ध गर्न र गराउन नेपाल आयल निगमलाई पहिला नै निर्देशन सर्कुलर गरेतापनि त्यसको कार्यन्वयन नगर्दा यसप्रकारको समस्या उत्पन्न भएको हो। गाईजात्राकै दिन पेट्रोल हाहाकार हुंदा नेपाल आयल निगमले नेपाली जनतालाई गाईजात्रे कार्यक्रम देखाएको सवैको गुनासो रहेको छ।

Petrol Hahakar 3प्रकाशन मिति–२०७३ साल भदौ ४ गते शनिवार ।