स्थानीय निर्वाचन अपडेट–

काठमाडौं। लिच्छवीकालिन आलमपुर नगरी हालको आलापोट आफैमा गौरब बोकेको ऐतिहासिक बस्ती हो। यो बस्ती कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ को नामले पनि चिनिएको छ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटको स्थानीय सरकारको बागडोर सम्हाल्ने वडा अध्यक्ष को हुने होला भन्ने खुल्दुलीमाझ यतिखेर आलापोटमा स्थानीय प्रतिष्ठित सामाजिक व्यक्तित्व शिवराम बस्नेतको नाम अग्रतामा रहेको छ।

नेकपा एमालेवाट वडा अध्यक्षको उम्मेदवारमा टिकट पाएका शिवराम बस्नेत निष्ठाको राजनीति गर्दैआएका समाजसेवी व्यक्तित्वको रुपमा चिरपरिचित रहेको छ। विगत तीन दशकदेखि निरन्तर राजनीतिमा उक्लेका बस्नेत पाँचबर्षअघिको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित लोकप्रिय वडा सदस्य पनि हुन्।

आलापोट खानेपानी तथा सरसफाई उपभोक्ता संघका समेत अध्यक्ष भएर सामाजिक रुपमा अत्यन्त राम्रो कार्य गर्दैआएका विकासवादी नेताको रुपमा चिरपरिति बस्नेत सूर्यध्वजावाहक नेकपा एमालेका सर्वप्रिय लोकप्रिय नेता भएको स्थानीयहरुको भनाइ छ।

३० बैशाख, २०७९ मा हुने स्थानीय निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटवाट नेकपा एमालेवाट वडा अध्यक्षको उम्मेदवारी दिएका बस्नेतको टीममा महिला वडा सदस्य बिन्दु नगरकोटी, दलित महिला वडा सदस्य मञ्जु सुनार तथा खुल्ला वडा सदस्यहरुमा रामवहादुर खड्का र प्राणनाथ फुयाँल छन्।

स्थानीय विकास–निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीलाई विशेष प्राथमिकता राखेर आलापोटवासीको हक, हित र अधिकारको लागि प्रतिबद्धता व्यक्त गर्ने कार्य बस्नेतवाट भएको छ।

प्रकाशन मिति–२०७९ साल बैशाख १६ गते शुक्रवार ।