काठमाडौ। नेपालका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सहित विभिन्न दलका शीर्ष नेताहरुले पनि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री देउवाले वारेसनामा मार्फत गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको छ।

देउवाको वारेसनामा लिएर पुगेका गणेश पन्तले उम्मेदवारी दर्ता गराएको हो। बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ बाट उम्मेदवारी दर्ता गरेको हुन्। राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर क्षेत्र नम्बर १ बाट कांग्रेसको समर्थनमा उम्मेदवार बनेको छ।

थापाले मकवानपुर १ मा काँग्रेसको समर्थनमा उम्मेदवारी दर्ता गर्दा झापा ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन वामगठबन्धनको सहयोगमा उम्मेदवार बनेको छ। काठमाडौं क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता माधव कुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताका लागि नेता झलनाथ खनाल र सुवास नेम्वाङ हेलिकप्टर मार्फत ईलाम पुगेको थियो।

यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएको छ। काठमाण्डौ क्षेत्र नंबर १ मा काँग्रेसका प्रकाशमानसिंह र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएको छ । पूर्व सभामुख दमननाथ ढुंगाना भक्तपुर २ बाट काँग्रेस र पूर्व डिआईजी नवराज सिलवाल नेकपा एमालेका तर्फबाट ललितपुर १ बाट उम्मेदवार बनेको छ।

गुल्मी १ मा एमालेका प्रदीप ज्ञवाली र काँग्रेसका चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनको प्रयास असफल भएपछि धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेसबाट विमलेन्द्र निधि र राजपाबाट राजेन्द्र महतोले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको छ। प्रदेश नम्बर २ मा भागबण्डा नमिलेपछि कांग्रेस र राजपा–फोरमबीच गठबन्धनको प्रयास असफल भएको थियो।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध तनहुँ क्षेत्रनम्बर १ मा गोविन्द राज जोशीले उम्मेदवारी दर्ता गराएको छ । महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर विरुद्ध राजपाकै नेता चन्द्रेश्वर झा बागी उम्मेदवार बनेको छ ।

सप्तरी क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विरुद्ध राजपाका सह–महामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन्। पूर्वसभासद बबन सिंहले रौतहट १ मा उम्मेदवारी दिएको छ । फोरमले टिकट नदिएपछि उनी बागी उमेदवार बनेको हो।

एमालेले टिकट नदिएपछि गायिका कोमल ओलीले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।

केही समयअघि मात्रै गायिका ओलीले राप्रपा छोडेर एमालेमा प्रवेश गरेकी थिइन्। दाङ क्षेत्र नम्बर ३ मा बामगठबन्धनका तर्फबाट एमालेका हिराचन केसीले उम्मेदवारी दर्ता गराएको छ। यस्तै लोकतान्त्रिक गठबन्धनबाट दाङ क्षेत्र नम्बर ३ मा सिंचाई मन्त्री एवंम कांग्रेस नेता दीपक गिरीले मनोनयन दर्ता गराएको छ।

Narayan Man Bijukchhe ROHIT

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक चुनाव लडेको छैन्। भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि निर्वाचित हुँदै आएका विजुक्छे रोहित यसपटक उम्मेदवार बनेका छैनन्।
नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर १ मा नेता प्रेम सुवाल उम्मेदवार बनेको छ । त्यस्तै भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अनुराधा थापामगर उम्मेदवार दर्ता गरेको छ ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १६ गते विहीवार ।