नवलपरासी। इजरायलको तेलअबिब स्थित स्विट अपार्ट परिवारका संयोजक तथा चर्चित नेपाली फोटोग्राफर डेन्डुप तामाङ तथा सदस्य वाङदी पाख्रिनका पुजनिय पिता कर्मा तामाङको दुःखद निधन भएको छ।

हिजो शनिवार राति अचानक पेट दुखेर उपचारको लागि दार्जिलिङको सिलिगुडी स्थित दाजिलिङ अस्पतालमा लगिएको थियो। उक्त अस्पतालमा उपचारकै क्रममा आज बिहान आइतवार असामयिक निधन भएको इजरायल स्थित स्विट अपार्ट परिवारले एक विज्ञप्ति मार्फत जनाएको छ।

त्यस खबरले स्विट अपार्ट परिवार मर्माहत भएको समेत भनेको छ। शोकाकुल नेपाली फोटोग्राफर डेन्डुप तामाङ इजरायलवाट दार्जिलिङको लागि प्रस्थान गरिसकेको जानकारी तामाङ पत्नी इलित्रा क्षेत्रीले भिजन संसार डटकमलाई दिएकी छन्। स्वर्गवासी कर्मा तामाङ भूपू सैनिक हुन्।

प्रकाशन मिति–२०७५ साल कात्तिक ४ गते आइतवार ।