तनहुँ। पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिका–२ नारिघाटमा बस दुर्घटना भएको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो।

बस दुर्घटनावाट ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरनीले जनाएको छ।
लमजुङको बेंसीशहरवाट नारायणघाट चितवन जाँदै गरेको बा ३ ख ४३९५ नम्वरको बस आफै अनियन्त्रित भएर सडकबाट तल खसेको हो।

घाइतेहरुको आवुखैरेनी स्थित छिम्केश्वरी जनरल अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ४ गते आइतवार ।