काठमाडौं। नेपालमा नै बसेर नेपालको इञ्जिनियरिङ क्षेत्रको विकास र प्रवद्र्धनमा समर्पित उत्साही युवा इञ्जिनियर विक्रम श्रेष्ठको सफलता भन्नु नै आत्म विश्वास तथा प्रचुर सेल्फ मोटिभेसन हो। हाइली सेल्फ मोटिभेसनको कारण कठिनभन्दा कठिन इञ्जिनियरिङ कार्य पनि सहज रुपमा गर्नसक्ने बेग्लै खुवी इञ्जिनियर विक्रम श्रेष्ठमा रहेको छ।

विगत सात बर्षदेखि नेपालको इञ्जिनियरिङ क्षेत्रमा प्राक्टिस गर्दैआएका इञ्जिनियर विक्रम श्रेष्ठले आफूजस्तै युवाहरुलाई उत्साह तथा प्रेरणा दिने कार्य गर्दैैआएका छन्। इञ्जिनियरिङ क्षेत्रमा युवाहरुलाई भित्राएर विदेश जान खोज्ने कर्णधार युवाहरुलाई रोकेर उनीहरुलाई उज्यालो भविष्य दिने कार्यमा पनि इञ्जिनियर विक्रम श्रेष्ठको योगदान रहेको छ। आफैले ललितपुर महानगरपालिका पुलचोकमा इञ्जिनियरिङ कार्यालय खोलेर उत्साही युवाहरुलाई रोजगारी दिने कार्य पनि इञ्जिनियर श्रेष्ठवाट भएको छ।

युवाले गरेमा र चाहेमा कठिनभन्दा कठिन कार्य पनि सहज ढंगवाट गर्न सकिन्छ भन्ने सोच र खोजका प्रभावशाली इञ्जिनियर विक्रम श्रेष्ठले पोखरा विश्वविद्यालयवाट इञ्जिनियरिङ पास गरेका हुन। पोखरा विश्वविद्यालयवाट इञ्जिनियरिङ पढाई पूरा गरेर इञ्जिनियर बनेका इञ्जिनियर विक्रम श्रेष्ठ गोकर्णेश्वर नगरपालिका वडा नंबर ५ स्थित किसिगालका स्थायी वासिन्दा हुन।

इञ्जिनियररिङका क्षेत्रमा अब्बल दर्जाका सिभिल इञ्जिनियर विक्रम श्रेष्ठ इञ्जिनियरिङ वाहेक सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय रहेका छन्। आफ्नो गाउं तथा ठाउंका वनाउनका लागि युवाहरु नै लाग्नु पर्दछ र विकास र न्यायका लागि युवाहरु परिचालित हुनुपर्दछ र गराउनु पर्दछ भन्ने धारणा इञ्जिनियर विक्रम श्रेष्ठको रहेको छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल चैत्र ६ गते शुक्रवार ।