न्युयोर्क । नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकामा स्थापना भएको विश्वभरका नेपालीहरुको साझा संस्था हामी नेपाली ग्लोबलमा भुटानी मूलका नेपालीहरु पनि समेटिएको छ। भुटानवाट विस्थापित नेपालमा शरणार्थीको रुपमा बस्दै अमेरिका पुगेका नेपालीहरु हामी नेपाली ग्लोबलमा समेटिएको हो।

हामी नेपाली ग्लोबलको भर्मन्ट राज्यको कन्सुलरमा भुटनिज किराँत राई अर्गनाइजेसन अमेरिकाका अध्यक्षमा विदुर राई नियुक्त भएपछि भुटानी मूलका नेपालीहरु पनि हामी नेपाली ग्लोबलमा समेटिएका हुन। भर्मन राज्यमा आयोजित कार्यक्रममा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले भुटनिज किराँत राई अर्गनाइजेसन अमेरिका अध्यक्ष विदुर राईलाईलाई भर्मन्ट राज्यको कन्सुलरमा नियुक्त गरिएको ओहदाको प्रमाण–पत्र प्रदान गरेका थिए।

उक्त प्रमाण–पत्र वितरण तथा स्वागत कार्यक्रममा भर्मन्ट किराँत लिम्बु सोसाइटीका अध्यक्ष हर्क सुव्वा, द भाइब्स अफिसियल टीमका अध्यक्ष मिलन मगर तथा भर्मन्ट राज्य निवासी विभिन्न सामाजिक अभियन्ताहरुको विशेष उपस्थिति रहेको थियो। सोही समारोहमा हामी नेपाली ग्लाबेल अमेरिकाको नयाँ संस्थापक सदस्यमा रमेश लामालाई नियुक्त गरेर प्रमाण–पत्र प्रदान गरिएको छ।

कार्यक्रममा हामी नेपालि ग्लोवल अमेरिका च्याप्टरका उपाध्यक्ष तथा कनेक्टिकट राज्य कन्सुलर घनश्याम खड्का, हामी नेपाली ग्लोवल अमेरिकाका सहायक कोषाध्यक्ष शोभाकान्त पाण्डे, हामी नेपाली ग्लोवलका डाइरेक्टर अफ प्रेस एन्ड पब्लिकेसनका प्रमुख अकुर लुइटेल, सामाजिक अभियन्ता तथा हामी नेपालि ग्लोवलका संस्थापक सदस्य बिनोद चापागाइ लगायतको विशेष उपस्थिति रहेको थियो।

हामी नेपाली ग्लोबल जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको सामाजिक संस्था हो। जसले विश्वभर छरिएर रहेका नेपालीहरुको दुःख–सुखमा मल्हमपट्टी लगाउने कार्य गर्दैआएको छ। त्यस्तै, मातृभूमि नेपालको विकासका लागि समायोचित उपलव्धीमूलक कार्य गर्दैआएको छ।


प्रकाशन मिति–२०७७ साल चैत्र १ गते आइतवार ।