काठमाडौं। लेखापरीक्षकहरुको साझा छाता संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान) को पाँचौं राष्ट्रिय परिषद् नेपालको संघीय राजधानी
काठमाडौंमा भब्यरुपमा संपन्न भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्विटमा शुक्रवार १७ बुँदे बिशेष प्रस्ताब जारी गर्दै भव्य रुपमा सम्पन्न भएको हो ।

अडानका केन्द्रीय उपाध्यक्ष तथा प्रचार–प्रसार विभागका संयोजक डोलप्रसाद दाहालका अनुसार, कार्यक्रम टंकमणी शर्मा (दंगाल)को प्रमुखआतिथ्यता, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरको बिशेष आतिथ्यता, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष मदनकृष्ण शर्माको आतिथ्यता र अडानका अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षताममा मुलुकभरका झण्डै ४०० लेखापरीक्षक प्रतिनिधि तथा पर्यवेक्षकहरुको सक्रिय सहभागिता रहेको थियो ।

राष्ट्रिय समृद्धि र सुशासन साझाअभियान, पेशागतहकहित र क्षमताअभिबृद्धि हाम्रो अडान भन्ने मूल नाराकासाथ समुद्घाटन समारोह र बन्दशत्र पनि शुक्रवार नै आयोजना गरिएको थियो। उक्त परिषद्ले महासचिब झलकमणि लम्साल र कोषाध्यक्ष बलरामचौधरीले प्रस्तुत गरेको सांगठनिक एवं आर्थिक प्रतिवेदन सुझाब सहित पारित गरेको थियो।

प्रकाशन मिति–२०७७ साल फागुन २८ गते शुक्रवार ।