लण्डन । बेलायतमा नेपाली कला, संस्कृतिको संरक्षणमा क्रियाशील बौद्धिक व्यक्तित्व एकेन्द्र गुरुङले बेलायतमा सिर्जना गरिएका गीतहरूको संग्रह प्रकाशन गर्ने भएका छन्। बेलायतमा कथाकारहरुको कथा र नेपाली कविहरूको कविता प्रकाशित भइसकेको अवस्थामा गीतकारहरुको गीत संग्रह प्रकाशन नभएकोले यसलाई पूरा गर्नु उचित ठानेकोले प्रकाशन गर्ने कार्यमा बौद्धिक व्यक्तित्व एकेन्द्र गुरुङ लाग्न लागेका हुन।

गुरुङको भनाईमा गीत साहित्यको एउटा सशक्त विधा हो । यसलाई संसारकै पुरानो र लोकप्रिय विधा मानिन्छ। यसले मनिसको अनुभुति र बिचार सटिक ढगले अभिब्यक्त गर्न सकिन्छ । गीत सबैको मन मुटुमा बाच्न सक्छ । कसलाई हसाउछ कसैलाई रुवाउछ । गीत लयात्मक भाब अभिब्यक्तिको साधन हो । त्यसैले यसको संग्रह र संरक्षण जरूरी छ ।

संगीतको सुमधुर लय बाद्ययन्त्रको उचित सयोजन अनि गायकको सुमधुर स्वरले गीतलाई जीवन्त बनाउने भन्दै गुरुङले नेपालीहरुको सपनाको देश बेलायतमा नेपाली भाषा, कला, संस्कृति गीतसंगीतको पनि संरक्षण हुन आवश्यक रहेको खुलासा गरेका छन्। त्यसका लागि बेलायतमा रहेका सबै गीतकारहरुले आफ्नो दुईवटा गीत, व्यक्तिगत विवरण र एक प्रति फोटो पठाएर सहयोग गर्न पनि गुरुङले आग्रह गरेका छन् ।

गीत पठाउनको निम्ती बौद्धिक व्यक्तित्व एकेन्द्र गुरुङको इमेल tamueken@hotmail.com र मोबाइल नम्बर 07533181153 मा सम्पर्क गर्न आह्वान गरेका छन् ।