काठमाडौ। नेपालको फेसन तथा मोडलिङलाई अन्तरराष्ट्रिय क्षेत्रमा फैलाउन अत्यन्त आवश्यक भैसकेको छ। नेपाली फेसन तथा मोडल विश्वका कुनैपनि फेसन तथा मोडल भन्दा कम छैन्।

अन्तरराष्ट्रिय प्रतिस्पर्धामा मज्जाले भाग लिएर राष्ट्रको पहिचान कायम राख्न सक्ने दावी नेपालका ख्यातिप्राप्त मोडल तथा इन्टरनेशनल फेसन कोरियोग्राफर राज फैजुको रहेको छ। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउण्डर डाइरेक्टर समेत रहेका इन्टरनेशनल फेसन कोरियोग्राफर राज फैजुले नेपाली मोडलिङ र फेसनलाई अन्तरराष्ट्रियकरण गर्ने निश्चित भएको छ।

फैजुलाई भारतको ख्यातिप्राप्त फेसन अर्गनाइजेशनले इन्डो–नेपाल कल्चर एक्सचेञ्ज प्रोग्रामको इन्टरनेशनल डाइरेक्टर नियुक्त गरिएको छ। फैजुको यो नियुक्तिवाट यस कार्यलाई मूर्तरुप दिन फैजुलाई अझ सहज बनेको छ। चाँडै नै भारतमा हुन लागेको इन्टरनेशनल प्रोग्राममा नेपाली मोडल तथा फेसनलाई प्रतिस्पर्धी बनाउने आफ्नो भिजन र मिसन रहेको फैजुले भनेका छन्। त्यसको लागि आफू र आफ्नो कंपनी अन्तिम तयारीमा रहेको पनि फैजु भन्छन्।

बर्षमा कम्तिमा ६ वटा इभेन्ट म्यानेजमेन्टको प्रोग्राम गर्ने फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनी अग्रणी संस्था नै हो। यिनै कंपनीका फाउण्डर डाइरेक्टर राज फैंजुको मोडलिङ तथा कोरियोग्राफीको करियरले अढाई दशक पार गरिसकेको छ। यस अवधिमा नेपाली फेसन तथा मोडलिङलाई अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान बढाउने कार्यमा पुग्नु निश्चित रुपमा सुखद पल हो।

अर्कोतर्फ इन्टरनेशनल कोरियोग्राफरको रुपमा पहिचान समेत राखिसकेका फैजु स्वदेशी तथा विदेशी मोडलहरुलाई ग्रुमिङ गर्ने तथा उनीहरुलाई इन्टरनेशनल रुल तथा रेगुलेसन अनुसार टे«न गराउने कार्यमा अग्रसर रहेका छन्। यस कार्यमा फैंजुको जीवन संगीनी तथा नेपालका प्रसिद्ध फेसन डिजाइनर श्रीषा बैदार फैंजुको साथ र सहयोगले पनि अगाडि बढ्न उनलाई सहज भएको छ।

श्रीमानको इभेन्ट म्यानेजमेन्टका हर कार्यहरुमा घामपानी तथा हुरीबतास नभनिकन साथ दिदै आएकी श्रीषा यतिखेर राज फैंजुको सफलताको राज नै बनेकी छन्। रहरलाग्दो मेडिकल करियरलाई चटक्कै छाडे्र श्रीमानको व्यवसायलाई सम्हालेर अगाडि बढ्ेकी श्रीषा पूर्व मिस काभ्रे पनि हुन्। श्रीषा र राजको जोडी सुरमा ताल मिलेजस्तो गजबको जोडी नै हो।

यिनै जोडीको कमालको गजबको कामको नयाँ काम फेसन युनाइटस् फेसन–शो हो। एस म्याम बुटिकका प्रसिद्ध फेसन डिजाइनर एनी तण्डुकारको संयोजनमा आयोजित फेसन युनाइटस्मा २४ जना व्यावसायिक नेपाली मोडलहरुले गजबको फेसन–शो हुने भएको छ। जसमा नेपाली चलचित्रकी चर्चित अभिनेत्री शुभेच्छा थापा देखि एलिजा गौतमसम्मले बेजोड क्याटवाक गरेका थिए।

ब्राइडल लेहेङ्गा, गाउन फ्युजन, वेस्टर्न वेयर, इम्ब्राइडरी, पदमावती, जडाजी डिजाइन, समर पार्टीवेयर, क्याजुयल लगायतका आकर्षक पहिरनहरुमा ती मोडलहरुले आकर्षक क्याटवाक गर्दा सवैको मनै मोहित बन्ने निश्चित छ।

Mr. Raj Phaiju with his spouce Mrs Shrisha Baidar Phaiju in catwalk.

यस फेसन युनाइटस्मा श्रीषा बैदार फैंजु, एनी तण्डुकार, समन प्रजापति, उपासना सराफ, सुमी श्रेष्ठ र अमितेष कर्णका फेसन डिजाइन रहेको छ। काठमाडौको त्रिुपरेश्वर रोड थापाथलीमा रहेको ब्लु–स्टार होटलमा यही चैत्र २३ गते शुक्रबार यस फेसन युनाइटस् भव्य कार्यक्रम हुन गैरहेको छ। जसको तयारी लगभग पूरा भैसकेको जानकारी पनि आयोजक इन्टरनेशनल कोरियोग्राफर फैंजुले दिएका छन्।

प्रकाशन मिति–२०७४ साल चैत्र २१ गते बुधवार ।