काठमाडौं। सामुदायिक प्रहरी बासबारीको आयोजनामा भएको कार्यक्रममा प्रहरी र नागरिक समाजको समन्वय तथा सहयोगको बारेमा बृहत छलफल कार्यक्रम भएको छ।

कार्यक्रमको प्रमुख आतिथ्यता महानगरिय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक उत्तमराज सुवेदीवाट भएको थियो। प्रमुख अतिथिको आसनवाट प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सुवेदीले घरेलु हिंसालाई जरैदेखि उन्मुलन गर्नुपर्ने आवश्यकता माथि जोड दिएका छन्। त्यसका लागि विना वर्दीका प्रहरी नागरिक र बर्दीका नागरिक प्रहरी दुवै मिलेर काम गर्नुपर्ने प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सुवेदीको भनाई रहेको छ।

त्यस्तै गरेर, बूढानिलकण्ठ स्थित नार्कोनन नेपालको एक कार्यक्रममा प्रमुख बरिष्ठ उपरिक्षक सुवेदीले लागु औषध विकराल समस्याको रुपमा देखिएको र यसले युवाहरुलाई व्यापक रुपमा गाँज्ने कार्य गरेको त्यसलाई निराकरण गर्न नागरिक र प्रहरी सचेत हुनुपर्ने बताएका छन्। सो अवसरमा नार्कोनन नेपाल दक्षिण एसिया प्रमुख वसन्त राज कुँवरले लागु औषधमा मानिसहरु कसरी फसाउछ भन्ने उदाहरण र यसवाट बच्ने उपायको वारेमा जानकारी दिएका थिए।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल साउन १८ गते शनिवार ।