-नेपाली जनतावाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति शासनको आवश्यकता
–एक व्यक्ति दुई पल्ट भन्दा प्रधानमन्त्री या राष्ट्रपति बन्न पाइदैन
–संविधानमा व्यापक संशोधन हुनै पर्दछ
–संघीयता आवश्यक छैन–खारेज गरिनु पर्दछ
–एउटै नेताले धेरै बर्ष पार्टी हाँक्नु राम्रो होइन
–भाषा, जातिवाटै माओवादीको जन्म
–अध्ययन तथा अनुसन्धान नै राजनीतिको गन्तव्य

काठमाडौं। नेपालको संविधान संशोधन हुनु आवश्यक भैसकेको छ। संशोधित संंविधानमा नेपालमा संसदीय व्यवस्था मार्फत कार्यकारी प्रधानमन्त्री या राष्ट्रपति चुनिने व्यवस्था नै गलत हो। यसकारण नेपालको संविधानलाई संशोधन गरेर प्रत्यक्ष नेपाली जनताले चुन्ने राष्ट्रपति या प्रधानमन्त्री शासन व्यवस्थाको आवश्यकता भएको ठहर युवा राजनीतिज्ञ युद्ध विक्रम तामाङको रहेको छ।

नेपाली जनताव्दारा प्रत्यक्ष चुनिएर आउने राष्ट्रपति या प्रधानमन्त्रीले ढुक्कैसंगै शासन व्यवस्था चलाउने भएकोले नेपाली राजनीतिमा अस्थिरता नआउने दावी राजनीतिज्ञ युद्ध विक्रमको दावी रहेको छ। अर्कोतर्फ सोही संशोधित संविधानमा नेपालमा कुनैपनि राष्ट्रपति या प्रधानमन्त्रीले दुई कार्यकाल मात्र चुनाव लड्न पाउने व्यवस्था गरिनु पर्ने आवश्यक भएको जिकिर पनि राजनीतिज्ञ युद्ध विक्रमको रहेको छ।

यसलेगर्दा नयां पुस्ताले पनि पर्याप्त अवसर पाउने तथा भ्रष्टाचार गरेको खण्डमा त्यस राष्ट्रपति या प्रधानमन्त्रीलाई जेल चलान गराउन सक्ने कानूनी प्रावधान राख्दा कुनैपनि राष्ट्रप्रमुखले भ्रष्टाचार गर्न आँट नगर्ने भनाई पनि युद्ध विक्रमको रहेको छ।

तत्कालिन नेकपा एमालेको जिल्ला कार्य समिति सदस्य तथा हाल नेकपाको सदस्य युद्धविक्रमले दुई कार्यकाल पूरा गरिसकेका कोही पनि प्रधानमन्त्री अवउप्रान्त आवश्यक नभएको पनि भनेका छन्। उही पुरानै अनुहारका शेरवहादुर देउवा, माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, डा.बाबुराम भट्टराई लगायत दोहोरिनु नहुने र बर्तमान दुई तिहाईको प्रधानमन्त्री केपी शर्मा ओली पनि पूरा कार्यकाल पश्चात दोहोरिनु नहुने सुझाव पनि युद्ध विक्रमको रहेको छ।

दुई तिहाईको केपी शर्मा ओली नेतृत्वको सरकारले बर्तमान संविधान संशोधन गरेर प्रत्यक्ष राष्ट्रपति या प्रधानमन्त्री शासन व्यवस्था लागु गर्न सक्ने अवस्था रहेको पनि युद्ध विक्रमले भनेका छन्। यसो भएमा आलोपालोको सरकार, मत–अल्पमतको सरकार नहुने हुन्छ। सत्ताकै लागि कहिले प्रचण्डले होडबाजी गर्ने अर्कोतिर अपोजिसन पार्टीमा रहेका शेरवहादुर देउवा पनि कम्मर कसेर लाग्ने जस्ता प्रष्ट कुराहरुले नेपाली जनतालाई वाक्क दिक्क बनाउने गरेको छ।

यसो हुन नदिन संविधान संशोधन अत्यन्त आवश्यक भएको युद्ध विक्रमको निश्कर्ष रहेको छ। यसो हुन सकेमा नेपालको राजनीति अमेरिकाको जस्तो हुने दावी पनि युद्ध विक्रमको रहेको छ। जनताव्दारा प्रत्यक्ष चुनाववाट दुई कार्यकालको राष्ट्रपति चुनाव जितेर जनताको मन जितेर अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पूर्ववत आफ्नो जागिरमा फर्केका छन्। नेपालमा नेपाली राजनीति पनि अमेरिकाकै जस्तै हुनेछ। नमरुन्जेल राजनीति गरेर बस्ने प्रचलन पनि हट्नेछन्। राजनीति वाहेक विकल्पमा अर्कोपनि केही गर्नुपर्दछ भन्ने सचेतना नेपाली राजनेताहरुमा पलाउने विश्वास युद्ध विक्रम तामाङको रहेको छ।

संघीयता आवश्कता छैन
नेपाल जस्तो सानो मुलुकमा संघीयताको नाममा तीन तहको सरकार आवश्यक छैन्। तीन तहको सरकार अर्थात संघीय सरकारले अनावश्यक भार नेपाली जनतामा थोपार्ने भएकोले नेपालको हावापानी अनुरुप असुहाउंदो भएको ठहर पनि युद्ध विक्रमको रहेको छ। प्रत्यक्ष कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीको शासन व्यवस्थाको आवश्यकता भएको बेला संघीयतालाई खारेज गर्नु नै उपयुक्त हुने सुझाव युद्ध विक्रमको रहेको छ। नेपालमा तीन तह होइन, दुई तहको केन्द्र सरकार र स्थानीय सरकार भए पुग्ने दावी पनि उनको रहेको छ।

एउटैले धेरै बर्ष पार्टी हाँक्नु हुन्न
बहुदलिय व्यवस्था लागू हुनु र त्यसभन्दा अगाडिदेखि नेपालका पार्टी विशेषमा ती पार्टीमा एकै व्यक्तिको बढी हालीमुहाली हुने गरेको पाइन्छ। एउटै पार्टीमा एकैजनाले ३५ बर्ष अध्यक्ष बनेको र अझै बनिरहेको प्रत्यक्ष उदाहरण पनि आफूसंग भएको युद्ध विक्रमले भनेका छन्। तत्कालिन माओवादी केन्द्रका अध्यक्ष तथा हाल बर्तमान नेकपाका दुई अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा निरन्तर ३५ बर्ष अध्यक्ष भएर कार्य गरिसकेका छन्। अझै कार्य गरिरहेका छन्। त्यसैले प्रचण्ड जस्ता नेताहरुले निरन्तर पार्टीमा ३५ बर्ष अध्यक्ष बन्नु राम्रो कुरा होइन। यो सत्तावाद भोगी बानीलाई पार्टीको नेतृत्व गर्ने प्रत्येक नेताहरुले त्याग्नुपर्ने राय पनि युद्ध विक्रमको रहेको छ। बरु सल्लाहकार भएर पार्टीलाई अझ सुदृढ बनाउन सहयोगी भूमिका निर्वाह गर्दैजानु पर्ने भनाई पनि उनको रहेको छ।

भाषा–जातिवाटै माओवादीको जन्म
नेपालमा छरिएर रहेका एकाइसे तथा बाइसे राज्यहरुलाई पृथ्वीनारायण शाहले एकिकरण गरेर सिंगो नेपाल बनाए। छरिएर रहेको नेपाललाई एकिकरण गर्नु निश्चित रुपमा पृथ्वीनारायण शाहको कामको राम्रो पक्ष हो। तर, जाति तथा भाषा र संस्कृतिमा उचनिच र कुल्चिने कार्य भयो। जुन नराम्रो पक्ष थियो। पृथ्वीनारायण शाहपछिका शाह तथा राणाकाल दुवैमा पनि यो परम्पराले निरन्तरता पायो।
परिणामत यसैको कारण माओवादीको जन्म भयो। तत्कालिन माओवादीले जातिय राज्यको माग तथा भाषा र संस्कृतिको बचाउको नाममा नयाँ क्रान्ति छिचोलियो। जनयुद्ध पनि भयो र सफलता पनि प्राप्त ग¥यो। जातिय र भाषिक मागलाई मुख्य राजनीतिक एजेन्डा बनाएको तत्कालिन माओवादीले प्रारम्भमा जातिय राज्यको घोषणा गरेतापनि व्यवहारमा लागू गर्न सकेन।

जुन नेपालको संविधानले नै लागू गर्न दिएन। यसको लागि पनि नेपालको संविधान संशोधन गरिनु आवश्यक भैसकेको जिकिर युद्ध विक्रमको रहेको छ। जनजातिलाई आरक्षण मागिएको नभइकन पर्याप्त अवसर दिनु आवश्यक छ। उनीहरुको जीवनस्तरलाई उकास्ने विविध नीति तथा कार्ययोजनाहरु ल्याउनु आवश्यकता भएको भनाई पनि युद्ध विक्रमको रहेको छ।

चलचित्र र चलचित्रको राजनीति
नेपाली चलचित्रको बजारमा पनि अनेक राजनीति हुने गर्दछ। अनेक राजनीतिको कारण नेपाली चलचित्रले पहिला जस्तो बर्तमान अवस्थामा बजार पाउन नसकेको पक्कै हो। अर्कोतर्फ पहिला नेपाली चलचित्र वाहेक मनोरञ्जनको माध्यम अरु नभएको कारण फिल्म हलहरुमा गएर नेपाली चलचित्र हेर्ने समुदाय धेरै भएको भएतापनि यतिखेर भने मनोरञ्जनको अनेक माध्यमको पर्याप्तताको कारण नेपाली चलचित्र खस्किएको आफ्नो अनुभवले पनि बताएको युद्ध विक्रमको भनाई रहेको छ।

पचासको दशकको अन्तिम समयतिर नेपाली चलचित्र मायाको जाल निर्माण गर्दा त्यस चलचित्रका चलचित्र वितरकले धोकाबाजी गर्दा आफैले चलचित्र वितरण गरेको त्यो समयको अनुभव पनि युद्ध विक्रमसंग रहेको छ। आफ्नै चलचित्र मायाको जालको अलावा माया नमार जस्ता आधा दर्जन चलचित्रको वितरण गर्ने कार्य गरेका युद्ध विक्रमलाई यो व्यवसाय त्यति मन परेन। हलवालाहरुको दादागिरी लगायत अनेक कारण यो पेशा छाडेर विल्डर्स कंपनीमा लागेको पनि युद्ध विक्रमले भनेका छन्।

अध्ययन–अनुसन्धान नै राजनीतिको गन्तव्य
समय तथा परिस्थितिले कतिलाई राजनीतिमा धकेलिने गरेको छ। त्यसको अलावा कतिलाई अध्ययन तथा अनुसन्धानले नै राजनीतिमा लाने गर्दछ। अध्ययन तथा अनुसन्धानले राजनीतिमा आकर्षित बनेर नेकपाको राजनीतिमा लागेको बताउने युद्ध विक्रमले नेपाली राजनीतिको धेरै भन्दा धेरै अध्ययन तथा अनुसन्धान गरेका छन्।

द लिच नामक जातिय तथा भाषिक फिल्म बनाउने सोचले अगाडि बढ्दा नेपाली राजनीतिको निक्कै अध्ययन गर्नुको अलावा अनुसन्धान गर्ने कार्यमा पनि बर्षौ बर्ष लागेका युद्ध विक्रमले त्यो बेला समाजशास्त्री कृष्ण भट्टचन देखि बर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसंग पनि अनेक पल्ट भेटघाट तथा छलफल गरेका थिए। उपराष्ट्रपति नन्दवहादुर पुन पासाङलाई द लिच नामक फिल्ममा हिरो बनाएरै फिल्म बनाउने निर्णय समेत भएको थियो। पछि समय तथा परिस्थितिले युद्ध विक्रमले चाहेर पनि त्यो फिल्म बनाउन सकेन। फिल्म बनाउन नसकेपनि युद्ध विक्रम राजनीतिमा पोख्त बने।

राजनीतिका अनेक युद्धकला जाने। ३६ बर्षिय जोशिला युवा राजनीतिका अनेक युद्ध कलावाट परिमार्जित राजनीतिवाट नेपाली जनतालाई आहत होइन, राहत दिनु पर्दछ भन्ने अभियानमा रहेका छन्। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै अनेक सपना देख्न आवश्यक छ भन्छन्। सपना नदेखिकन कुनैपनि काम पूरा नहुने ठहर युद्ध विक्रमको रहेको छ।


(नामी साप्ताहिकवाट साभार)
प्र्रकाशन मिति–२०७६ साल साउन १८ गते शनिवार ।