aafc-cup-3काठमाडौ । मलेसियामा भएको एएफसी कपमा नेपालको शानदार जित पछि जित दिलाउने प्रत्येक खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने नेपाल सरकारले निर्णय गरेको छ।

विजेता टीमा प्रत्येक सदस्यलाई जनही ३ लाख रुपैया प्रारम्भिक चरणमा दिइने र पछि निर्णय गरेर उक्त पुरस्कार राशीमा बृद्धि गरिने जानकारी युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीको नीजि सचिवालयले जनाएको छ।

मलेसियामा खेल जितेका नेपाली फुटवल टीम भोलि बुधवार विहान ८ बजे नेपाल फर्किने पनि सोही सचिवालयले भनेको छ। नेपालको शान राख्ने विजेता टीमलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री आफै विमानस्थल जाने पनि सचिवालयले जनाएको छ।

aafc-cup-2

प्रकाशन मिति–२०७३ साल कात्तिक ३० गते मंगलवार ।