Five Childकाठमाडौ। भारतको छत्तीसगढकी २३ बर्षिया मनिता राजवाडेले शनिवरा एकपछि अर्को गरेर एकैपटक पाँच छोरी जन्माएकी छन्। सरगुजा जिल्लाको बिनकारा गाउँ निवासी मनिताले त्यहाँको सरकारी अस्पतालमा ती पाँच छोरीहरुलाई एकपछि अर्को गरेर एकैपटक जन्म दिएको भारतीय समाचार एजेन्सीले जनाएको छ।

जन्मेका ती पाँचै बच्चाहरुको स्वास्थ्य सामान्य भएतापनि उनीहरुको तौल भने निक्कै कम भएको अस्पतालका चिकित्सक डा.एनके पाण्डेयले भनेका छन्। सामान्यतया बच्चा ९ महिना लागेपछि जन्मने भएतापनि मनिताले ती पाँच बच्चाहरुलाई ७ महिनामा नै जन्माएको डा.पाण्डेय भन्छन्। शिशु जन्मिदा सामान्यतया २.५ किलो हुनुपर्नेमा ती शिशुहरुको वजन १ किलोदेखि १.५ किलोसम्म रहेको छ।

दुई बर्षअघि पहिलो सन्तानका रुपमा छोरा जन्माएकी मनिताले त्यो छोरा जन्मिएको केही समयमा नै मृत्यु भएको थियो। दुईबर्षपछि पाँच छोरी एकैपटक जन्मिनुको अलावा ती छोरी सवैको स्वास्थ्य सामान्य भएकोमा मनिताका श्रीमान मनिष दंग परेका छन्। उनले त्यसलाई भगवानको बरदान भनेका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र २१ गते आइतवार ।