काठमाडौ। मधुमेह अर्थात सुगररोग अचेल प्राय नेपालीहरुको दीर्घरोग जस्तो बन्न थालेको छ। यस रोगवाट समयमा बच्न उपाय गर्न सकेमा यो रोगवाट मुक्ति मिल्ने विज्ञहरुको भनाई रहेको छ। विशेषत सुगररोग लाग्नुमा खानपानको असावधानी नै हो। रासायनिक खानाको बढ्दो प्रयोग तथा कसरतको अभावमा सुगररोगीहरु दिनानुदिन बृद्धि भैरहेको पाइएको छ। खानालाई मिलाएर खाने, दैनिक व्यायाम गर्ने र औषधिसेवन गर्दा सुगररोगी सामान्य मानिस जस्तै जीवनयापन गर्न सक्छन्। सुगररोगवाट समयमा नै बच्नको लागि घरमा नै धेरै घरेलु उपायहरु रहेको छ। जुन यसप्रकार रहेको छ–

 

panecreas

– तुलसीको पात
तुलसीको पातमा अत्यधिक मात्रामा एन्टीअक्सीडेन्ट्स र आवश्यक तेल पाइन्छ जुन इन्सुल्लिनप्रति संवेदनशील बनाउनमा सहायक हुने गर्दछ । यसका लागि तुलसीको एक चम्चा रसलाई खाली पेटमा खाँदा ब्लड सुगरको मात्रालाई घटाउने गर्दछ ।
– ग्रीन टी
ग्रीन टीले ब्लड सुगर कन्ट्रोल गर्नसक्छ । यसका लागि बिहान अथवा बेलुका खाना खानुभन्दा पहिले एककप तातो ग्रीन टी पिउनुहोस् ।
–दालचिनी
दालचिनीले इन्सुलिनको संवेदनशीलतालाई बढाउनुका साथै ग्लुकोजको स्तरलाई कम गर्ने गर्दछ । दैनिक आधा चम्चा दालचिनीलाई आफ्नो जीवनशैलीमा संलग्न गर्नुहोस् ।
– काँक्रो
मधुमेह रोगीलाई भोकभन्दा थोरै कम र हल्का भोजन खाने सल्लाह दिइन्छ । त्यसकारण उनीहरूलाई पटक–पटक भोक लाग्ने गर्दछ । यसका लागि काँक्रो खानुहोस्। यसले भोक मेटाउने गर्दछ ।
– करेलाको रस
मधुमेहमा उमालेको करेलाको रस पिउनु निकै फाइदाजनक मानिन्छ । यसले सुगर लेभललाई निकै कम गर्ने गर्दछ ।
–मधुमेह रोगीले लौका, परवल, पालुङ्गो, मेवा अत्यधिक मात्रामा खानुपर्छ ।
– निमको पात
निमको पातमा आश्चर्यजनक औषधीय गुण हुने गर्दछ । यसको सेवनले इन्सुलिनको मात्रा बढ्ने गर्दछ भने ग्लूकोजको स्तर कम गर्दछ । यसका लागि निमको कमलो पातलाई खाली पेटमा खानुहोस् ।
– योग
मधुमेह रोगीलाई योगले सबैभन्दा बढी फाइदा पुराउछ । यसका लागि दैनिक आधा घण्टा योग गर्नुपर्छ ।
–मधुमेह रोगीले दूधको साथै दही र पनिर पनि खानुहोस् ।
–मधुमेह रोगीले दिनमा सुत्ने, चिल्लो र मसालेदार खानेकुरा खानबाट बच्नुपर्छ ।
–अमलाको रसलाई करेलाको रससंगै दैनिक खानुहोस् । यसले मधुुमेह कन्ट्रोलमा रहने गर्दछ ।
–दैनिक ५० ग्राम मेथी खानुहोस् । यसले ग्लुकोजको स्तर कम हुने गर्दछ र मधुमेहबाट राहत मिल्नेछ।

प्रकाशन मिति–२०७२ साल चैत्र २१ गते आइतवार ।