काठमाडौं। पत्याउनै नसकिने मूल्यमा नेपालको जेठो अस्पताल वीर अस्पतालले खाद्यान्न खरिद गरेको कान्तिपुर डेलीले आजको खवरमा सार्वजनिक गरेको छ।

कान्तिपुरका अनुसार, बीर अस्पतालले एक पैसामा अण्डा खरिद गरेर विरामीलाई खुवाउने गर्दा रहेछन्। जव कि, अण्डा गोटाको वजारमा १२ रुपैया देखि १५ रुपैया सम्म पर्ने गर्दट। त्यसैगरेर, चना केजीको एक रुपैया, जीरा पनि केजीको एक रुपैयामा खरिद गर्दा रहेछन्। नेविको विस्कुट पनि १० रुपैया जाने एक रुपैयामा नै खरिद गर्दा रहेछन्।

बजार मूल्य भन्दा १० गुणा कम रेटमा खरिद गरेर वीर अस्पतालले विरामीलाई गजबैले खुवाउने गर्ने खुलासा भएको छ। अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि न्यु सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गरेपछिको यो समाचार खुलासा भएको कान्तिपुरले उल्लेख गरेको छ। पत्याउनै नसकिने मूल्यमा खरिद गरेर विरामीलाई खुवाउने खानाको गुणस्तरका सवाल कान्तिपुरले गरेको छ।


प्रकाशन मिति–२०७६ साल बैशाख १४ गते शनिवार ।