० पाथीभरा माताको भक्त     ० अनुपम जोडी इलित्रा र डेन्डुप
काठमाडौं। धन भएर मात्र हुंदैन। मन पनि हुनुपर्दछ। धेरै धन भएर मन भएन भने, त्यो मान्छेको अर्थ पनि हुंदैन। भन्नेहरुले धनीहरुका मन हुंदैन भन्छन्। कति धनीहरु धन पोका पारेर रमाइरहेका हुन्छन्। त्यस्ता धनीहरु मरेपछि त्यो धन पनि आफूसंगै लान पाइन्छ भन्ने सोच राख्छन्। जुन सोचले गर्दा उनीहरुमा अत्यन्त घमण्ड बढाइरहेको कुरा उनीहरु आफैलाई थाहा हुदैन्।

वास्तवमा मरेर लानु केही छैन्। बाँचुञ्जेलीका लागि छ त हो भन्ने सोच राख्नेहरु कहिले पनि घमण्डी बन्दैनन्। उनीहरुलाई अरुले जस्तो निन्द्रा किनेर सुत्नु पर्दैन। मज्जाले निदाउन सक्छन्। आनन्द र तृप्तिको अनुभव गर्न सक्छन्। त्यही सोचमा धनभन्दा मन ठूलो भएका मान्छेका नामहरुको भीडमा इजरायलमा रहेकी इलित्रा क्षेत्रीको नाम पनि आएको छ।

पूर्वीनेपालको इटहरी आपगाछीमा जन्मिएकी इलित्रा क्षेत्रको वास्तविक नाम कुमारी निरौला हो। माता पाथिभराको अनन्य भक्त अनि उनैको पुत्री इलित्राको बाल्यकाल भने त्यति सुखद बन्न सकेन। आमाबुवाको सम्बन्धमा भएको खटपटको कारण बाल्यकाल मावल इटहरीमा नै वितेको थियो। निम्न वर्गको मावलीघरमा रहदा गर्नु परेको दुःख आज पनि सम्झदा आँशु झार्ने इलित्राले जीवनमा अनेकौ सङ्घर्ष गर्नुपरेको अतितले जो कोहीको पनि मन रुने गर्दछ। यसले गर्दा पनि इलित्रालाई अर्की कमलको फूल भन्ने गरेको पाइएको छ।

इलित्राले बाल्यकालमा भोगेका दुःखको अनुभव महशुस गर्न सक्ने भएकोले इलित्राले सामाजिक–सन्जालमा दुःखको खबरहरु देख्ने वितिकै इजरायलवाट नेपालमा सहयोग गर्ने कार्य गर्दैआएकी छन्। दुःखीहरुको पीडामा मल्हम लाइदिने कार्य गर्दैआएकी छन्। केही महिनाअघि बारा तथा पर्साका आँधीबेरी पीडित नेपालीहरुको लागि आवश्यक राहत सहयोग गर्ने कार्य पनि इलित्राले गरेकी छन्।

त्यसैगरेर, बुधवारे झापामा नयाँ बर्ष २०७६ सालको प्रारम्भमा त्यहाँको एक विद्याश्रमममा रहेका वटुकहरुलाई भोजन गराउने तथा सहयोग सामाग्री वितरण गर्ने कार्य इलित्रावाट भएको छ।
नेपालवाट बैदेशिक रोजगारीको क्रममा इजरायल पुगेर आम नेपालीले जस्तो इलित्राले पनि धेरै दुःख खेपेकी छन्। साउन–भदौ तथा पुष–माघ नभनिकन इलित्राले दुःख विसाएकी छन्।

सोही संघर्ष तथा कडा मेहनतका कारण इजरायलमा प्रतिष्ठित नेपाली सामाजिक अभियन्ताका रुपमा इलित्रा चिनिएका छन्। इजरायलमा आर्जन गरेका आधाभन्दा बढी कमाई यतिखेर इलित्राले मन ठूलो बनाएर नेपालका विपन्न वर्गको क्षमता विकासमा सामाजिक सहयोग गरिरहेका छन्। असहाय तथा अनाथ बालबालिका आश्रित बाल आश्रम लगायत विभिन्न बृद्धाश्रमहरुमा सक्दो सहयोग गर्ने कार्य गरिरहेकी छन्।

बेलाबखत नेपाल आएर सामाजिक सहयोग गर्ने कार्य गर्दैआएका इलित्रा सामाजिक अभियानका अभियन्ता पनि हुन्। नेपाल र नेपालीको लागि आफूले तन, मन तथा धनले सक्दो सहयोग गर्ने कार्यमा सदा लाग्ने प्रतिबद्धता पनि इलित्राको रहेको छ। इलित्राको त्यो प्रतिबद्धतामा नेपाल र नेपालीको गौरबता तथा महानता राख्ने नेपालीहरु मध्येका एक नेपाली डेन्डुप तामाङको साथ तथा सहयोगले पनि अत्यन्त सहज र सरल बनेको छ। पेशाले निक्कै नै राम्रो फोटोग्राफी गर्ने फोटोग्राफर डेन्डुपका फोटोग्राफीलाई इजरायलमा नेपाली देखि इजरायली सवैले अत्यन्त मन पराउने गरेको छ।

प्रकृतिसंगै रम्दै अनि हुर्कदै फोटोग्राफी जानेका फोटोग्राफर डेन्डुपलाई नेपाली हुनुको अत्यन्त गौरबता रहेको छ। सन् २००८ सालमा इजरायल पुगेका डेन्डुपको त्यहाँ काम गर्ने सिलसिलामा इलित्रा क्षेत्रीसंग चिनाजानी अनि मायाप्रेम भएपछि दुवैवीच विवाह भएको हो। इजरायलमा यी मायाका जोडी डेन्डुप र इलित्रालाई अनुपम प्यारको जोडी नै मानिन्छ। त्यसमाथि, दुवैले त्यहाँ रहेका ज्येष्ठ नागरिकहरुलाई गरिएको सम्मान तथा स्याहार–सुसार अतुलनिय रहेको छ। यसले गर्दा त्यहाँ उनीहरुलाई ज्येष्ठ नागरिकहरुको सामाजिक अभियन्ताको रुपमा लिइने गरेको छ।

कुनैपनि नेपालीलाई केही आपत परेमा पनि सक्दो सहयोग गर्ने प्रेमको प्रतिक डेन्डुप र इलित्राको प्यारको चिनो किन्डुप तामाङ यही आउने अगष्ट १३ तारिखका दिन २ बर्ष पुग्दैछन्। छोरा किन्डुप पनि महान तथा गौरबशाली छोरा बनेको हेर्ने दुवैको चाहना रहेको छ। जहाँ जता बसेपनि नेपाल र नेपालीको लागि सवै नेपालीले सक्दो सहयोग गर्नु आवश्यक भएको जिकिर दुवैको रहेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल बैशाख १३ गते शुक्रवार ।