काठमाडौ। सारा संसार आनन्दको खोजीमा छ। त्यो आनन्द पैसा, भौतिक सुख–सुविधा, बार वा क्यासिनोमा भेटिदैन। बाहिर भेटिने सुख तुरुन्तै दुःखमा परिणत हुन्छ।

Dharma Raj Bhichhu 5

विकाससंगै विभिन्न भौतिक सुख, सुविधा चुलिंदै गएपनि मानिसहरुमा डिप्रेसन, अनिद्रा, मानसिक स्वास्थ्य समस्याहरु र आत्महत्याको दरमा बृद्धि हुन थालेको छ। जसलेगर्दा मानिसको जीवन अनिन्द्राको शिकार बन्न थालेको छ।

कतिले आनन्दसंग निदाउन नपाउंदा अनेकन मानसिक रोगको शिकार बन्नुपरिरहेको छ। यस्तो स्थितिलाई बदल्न मानिसमा मौलिक परिवर्तन नल्याइकन हुंदैन्।

Dharma Raj Bhichhu 4मानिसहरुको जीवन तनावपूर्ण बन्दै गएको बताउने आधुनिक धर्मराज युधिष्ठिरको नामले हाल चर्चामा आएका अन्तरव्यक्ति संचारका अगुवा धर्मराज बज्राचार्यले बुद्धत्व र बुद्ध ज्ञान केही हप्ताअघि मात्र प्राप्त गरेका छन्।

काठमाडौको थानकोट स्थित जितवन विहारमा बुद्ध शिक्षाको दीक्षा लिएर एक हप्ते बुद्धको अनुयायी भिक्षु बन्न सफल धर्मराजमा पहिलाभन्दा धेरै शान्तिको महशुश भएको छ। संसारिक मोह–माया, स्वार्थ, घमण्डजस्ता कुरावाट आफूले मुक्ति पाएर बेग्लै आनन्दको महशुश भएको धर्मराजको भनाई रहेको छ।

Dharma Raj Bhichhu 2हरेक मान्छेमा घमण्ड हुनुको पछाडि मर्नु पर्दैन भन्ने सोचले भएको र एकदिन मर्नुपर्दछ सोच गर्नेहरुले कहिले पनि घमण्ड गर्दैन भन्ने धर्मराजको जिकिर रहेको छ। जितवन विहारमा एकहप्ता बुद्धत्वको प्राप्तिमा संसारिक मोह त्यागेर बस्दा ध्यान, योग र जीवन जीउने सही कला सिकेका धर्मराजले यी कलावाट नै तनावबाट मुक्ति पाउन सकिन्छ भन्ने ज्ञान पाएको सुनाउंछन्।

Dharma Raj Bhichhu 3

त्यसमाथि, संसार बदल्नु छ भने आफैलाई बदल्नु पर्दछ भन्ने भगवान बुद्धको यही बाणी तथा ज्ञानबाट जीवनलाई तनाबवाट आनन्दको जीवनमा बदल्न सकेको दावी पनि धर्मराजको रहेको छ।

जीतवन विहारमा छोटो समयको बुद्धत्व तथा बुद्ध ज्ञान शिक्षा प्राप्तियता जीवनमा शान्ति र आनन्द दुवै प्राप्ति भएको धर्मराजले भनेका छन्। जिन्दगीमा एकपल्ट थोरै समयको लागि भएपनि भगवान बुद्धको अनुयायी भिक्षु बनेर बुद्धत्व प्राप्त गर्ने हो भने, यो संसारमा कुनैपनि प्रकारको हत्या, हिंसा, व्यभिचार लगायतका कुनैपनि अपराधिक कार्य नहुने सवैतिर शान्ति नै शान्ति प्राप्त हुने धारणा पनि धर्मराजको रहेको छ।

Dharma Raj Bhichhu 6प्रकाशन मिति–२०७४ साल साउन २१ गते शनिवार ।