Lions Cllube 2

काठमाडौ। लायन्स क्लव चावहिलको नयाँ कार्य समिति चयन भएको छ। लायन वर्ष २०१७/१८ को लागि लायन्स क्लव चाबहिलका लायन शान्ति बैद्यको अध्यक्षतामा र लियो क्लब चावहिलको आकाश दाहालको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । नव निर्वाचित पदाधिकारीहरूलाई प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय 325 A2 का गर्भनर डि.आर.खनालले पदस्थापन गराइदिएका छन्।

Lions Cllube 1कार्यक्रममा वर्ष २०१६/१७ का अध्यक्ष लायन विन्दुप्रसाद अर्याललाई कार्यक्रममा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो । निर्वतमान अध्यक्ष अर्यालले यस वर्ष दिर्घायु अस्पताल चाबहिलसंग संयुक्त कार्यक्रममा ६२८ पिन्ट रगत संकलन गर्न सफल भएको जानकारी दिएका छन्।

क्लबका अध्यक्ष शान्ति वैद्यको अध्यक्ष्यता सम्पन्न कार्यक्रममा संयोजक लायन सुमित्रा दंगालले स्वागत मन्तव्य राखेकी थिइनभने, प्रमुख अतिथि खनालले चाबहिल क्लवले गरेका प्रगतिप्रति आफू हर्षित भएकोे बताएकी छन्।

Lions Cllube 4यस्तै, पूर्व गर्भनरहरु खगेन्द्र संग्रौला, लायन शिवराम प्रधान, भाइस गर्भनर लायन सुदर्सनधर प्रधानाङ्ग, भाइस गर्भनर लायन शोभा जोशी, क्याविनेट सेक्रेटरी लायन राजेन्द्र गिरी, क्याविनेट ट्रेजर लायन किशोरभक्त श्रेष्ठ क्लबका उपाध्यक्ष लायन राजेन्द्र दंगाल लगायतले लायन्स कल्व चाबहिलको योगदान बारेमा मन्तव्य राख्नु भएको थियो। लायन्स तथा लियो क्लब चाबहिल विगत चौबिस वर्षदेखि शिक्षा, स्वास्थ्यक्षेत्रमा सक्रिय रहेको छ।

Lions Cllube 3प्रकाशन मिति–२०७४ साल साउन २३ गते सोमवार ।