UML buildingकाठमाडौ। नेकपा एमालेको बल्खु मदननगर स्थित केन्द्रिय कार्यालय भत्काइने भएको छ। गत बर्षको बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएको उक्त भवनलाई भत्काउने निर्णय भएको सचिवालय सचिव प्रदीप ज्ञवालीले बताएका छन्।

भूकम्पले क्षति पुर्याएपछि नेकपा एमालेको केन्द्रिय सचिवालय काठमाडौको धुम्वाराहीमा गत वर्ष नै सारिएको थियो। सचिवालयको सवै कार्य धुम्वाराहीवाटै हुंदैआएको छ।

बल्खुको केन्द्रिय सचिवालय भएको भवन भत्काएर त्यस स्थानमा नयाँ भवन बनाइने या नबनाइने बारेमा नेकपा एमाले केन्द्रिय बैठकले हाललाई निर्णय गरेको छैन्। भत्काउने र त्यसको सामाग्री लैजाने गरी इन्छुक कंपनी, संस्था तथा व्यक्तिहरुलाई बोलकबोल आव्हान गर्ने निर्णय मात्र गरेको बुझिएको छ।

जेठ १६ गतेसम्म बोलकबोल सहितको आशयपत्र केन्द्रिय कार्यालय धुम्वाराहीमा बुझाउन नेकपा एमालेले सूचना जारी गरिएको छ।
प्रकाशन मिति–२०७३ साल जेठ ११ गते मंगलवार ।