Prachand with Badal 1काठमाडौ। नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नौ सदस्सीय हेडक्वाटर बनाउँने निर्णय गरेको छ।

विभिन्न १० माओवादी घटकसँगको एकतापछि बसेको केन्द्रीय समिति बैठकले अन्य पदाधिकारी नरहने गरी तत्कालका लागि नौ सदस्सीय हेडक्वाटर बनाउँने निर्णय गरेको हो।

प्रचण्ड नेतृत्वको हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, मणि थापा, जयपुरी घर्ती र तिलक परियार रहने छन्।
प्रकाशन मिति–२०७३ साल जेठ १० गते सोमवार ।