काठमाडौं। पेट्रोलियम व्यवसायीले शुक्रबारदेखि ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव देखिएको छ। शनिबार प्राय पेट्रोल पम्प बन्द रहेका थिए भने खुलेका पम्पमा लामो लाइन लागेको थियो।

शनिबार पेट्रोलियम पदार्थ बाँकी भएका केही निजी र नेपाली सेना, प्रहरी, सशस्त्र र साझाले पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । आयल निगमले मूल्य बढाएपनि आफूहरुले पाउने कमिशन नबढाइएको भन्दै पेट्रोलियम व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले पेट्रोलियम ढुवानीको भाडा पनि बढाउन माग गरेका छन् । आयल निगमले व्यवसायीका माग सम्बोधनका लागि तयार रहेको भन्दै समय मागेको छ । तर व्यवसायीले भने तत्कालमाग सम्बोधन नगर्ने भए आइतबारदेखि सबै पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

यसैबीच कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । शनिबार सरोकारवाला निकायसंग सम्पर्क गर्दै उनले रेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
प्रकाशन मिति–२०७८ साल चैत १९ गते शनिवार ।