ललितपुर । नेपालका ख्यातिप्राप्त कमेडी किङ अभिनेता मदनकृष्ण श्रेष्ठको जन्मदिन परेको छ। आजवाट कमेडी किङ मदनकृष्ण श्रेष्ठ जन्म दिनको गते र तारिख अनुसार ७० बर्ष पुगेको हो। कमेडी किङ मदनकृष्ण श्रेष्ठले जन्म गते र तारिखवाट भन्दा तिथि अनुसार, जन्मदिन मनाउने गरेका छन्।

Madan Krishna Shrestha-Vetran Comedian Artist of Nepal

कमेडी किङ मदनकृष्ण श्रेष्ठकी एकमात्र बुहारी रिंकु बज्राचार्य श्रेष्ठका अनुसार, तिथि अनुसार मदनकृष्ण श्रेष्ठको जन्म दिन आउने अक्षय तृतियाको दिन बैशाख १४ गते परेको छ। आज गते र तारिख अनुसारको जन्म दिन परेतापनि पूजापाठ र जन्मदिन भने बैशाख १४ गते अक्षय तृतियाको दिन मात्र मनाउने निर्णय तथा तय भएको जानकारी पनि रिँकु बज्राचार्य श्रेष्ठले भिजन संसार डटकमलाई दिएकी छन्।

गते र तारिख अनुसारको जन्म दिनको अघिल्लो दिन लकडाउनको २६ औं दिनमा हिजो शनिवार घरमा बुहारी रिंकु बज्राचार्य श्रेष्ठले ससुरा–बा मदनकृष्ण श्रेष्ठको लामो न लामो भएको कपाल सैलुन स्टाइलमा काटेर चिरिच्याट्ट पार्ने कार्य भएको छ। सैलुन संवन्धी आधिकारिक ज्ञान पाएकी व्युटिसियन समेत रहेकी रिंकु बज्राचार्य श्रेष्ठले सैलुन स्टाइलमा पहिलो पल्ट ड्याडीको हेअर कटिङ गरिदिएको बताएकी छन्।

यो लकडाउनको बर्तमान अवस्थामा ललितपुर सुनाकोठी हाउजिङ वरपरका छिमेकीहरुको पनि समय मिलेमा हेअर कटिङ गरेर हेल्प गर्ने योजनामा आफू रहेको बताएकी छन्। छोरी सरहकी बुहारी रिँकु बज्राचार्य श्रेष्ठले पहिलो पल्ट यसरी राम्रो स्टाइलवाट हेअर कटिङ गरिदिदा कमेडी किङ मदनकृष्ण श्रेष्ठ पनि निक्कै खुशी बनेका छन्। सवैको बुहारी हुनु त मदनकृष्णको जस्तो भनेर सवैले प्रतिक्रिया दिने गरेको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ७ गते आइतवार ।