काठमाडौं। दृढ आत्म विश्वास र सकारात्मक सोचका कारण नेपालमा कोरोनाभाइरस संक्रमित दुई नेपाली नागरिक निको भएको प्रमाणित भएको छ। उनीहरुमा आम विरामीहरुमा जस्तो हतास तथा निराशा अनि तनाबमा नभएको कारण तीन साता लामो उपचार पश्चात निको भएको हो।

यसरी हिजो शनिवार एकैदिनमा निको हुनेमा काठमाडौंकी १९ बर्षिया युवती प्रसिद्धिका श्रेष्ठ र बागलुङकी ६५ बर्षिया आमा मनकुमारी पौडेल रहेकी छन्। दुवैको लामो परीक्षण तथा उपचार पश्चात दुवै शनिवार अस्पतालवाट डिस्चार्ज भएकी हुन। प्रसिद्धिका काठमाडौैको टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालवाट डिस्चार्ज भएकी हुन।

मनकुमारी बागलुङको धौलागिरी अस्पतालवाट डिस्चार्ज भएकी हुन। उच्च दम तथा रक्तचापको विरामी समेत रहेकी मनकुमारीले डिस्चार्ज पश्चात सार्वजनिक रुपमा कुराकानी गर्ने क्रममा आफूले नियमित ४–५ लिटर तातोपानी पिउने गरेकी बताएकी छन्। त्यही तातो पानी, दाल–भात–तरकारी खाएरै कोरोनालाई पेलेको गजबको रहस्य  मनकुमारीले भनेकी छन्। कोरोना संक्रमितले डर नभइकन आत्मबल बढाउनुपर्ने राय पनि व्यक्त गरेकी छन्।

उच्च दम तथा रक्तचापको रोगीले पनि कोरोनालाई जितेको यो ठूलो उदाहरण भएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र पोखरेलको भनाई छ। आत्म विश्वासले पनि धेरौ रोग निको हुने डा.पोखरेलले भनेका छन्।

१९ बर्षिया युवती प्रसिद्धिकामा पनि प्रचुर आत्म विश्वास तथा कोरोनालाई म जित्न सक्छु भन्ने आत्म विश्वासले निको भएको र यसमा अस्पतालका डाक्टर तथा नर्सहरुको विशेष केअरिङले गर्दा चाँडै निको भएको उनी आफैले बताएकी छन्।

कोरोना संक्रमितलाई उपचारमा ल्याउन सबैको सहयोग जरुरी रहेको उनको भनाइ थियो । नेपालमा हालसम्म कोरोनाका गम्भीर बिरामी नदेखिएको उल्लेख गर्दै उनले भविष्यमा उपचारका लागि आफ्नो सहयोग आवश्यक भए दिन तयार रहेको बताइन्।

प्रसिद्धिका र मनकुमारी अघि नेपालमा पहिलो कोरोनाभाइरस संक्रमित धादिङका ३२ बर्षिय पुरुष निको भएर फर्किसकेका छन्। हालसम्म नेपालमा पाइएका संक्रमितको संख्या ३१ पुगेकामा २८ जना उपचाररत छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख ७ गते आइतवार ।