–श्याम स्मृत
ललितपुर । विसं.२०३६ साल मात्र नभइकन विसं.२०४६ साल तथा विसं.२०६२–०६३ का ऐतिहासिक जनआन्दोलनका योद्धा अनि धरोहर विकासमान श्रेष्ठको राजनीतिक यात्राले गत्ति निरन्तरता पाइरहेको छ।

तत्कालिन माले तथा यतिखेर गौरबशाली सूर्य ध्वजावाहक पार्टी नेकपा एमाले ललितपुर महानगरपालिका वडा नंबर ५ को इञ्जार्चको रुपमा मात्र नभइकन जनताका लोकप्रिय एवम् जनप्रिय वडा अध्यक्षका रुपमा चिनिएका छन्।

वितेको पाँच बर्षमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्षको छवि कायम गर्न सफल विकासमान श्रेष्ठ समक्ष जुनसुकै समस्या वोकेर जाने वडावासीले सही समाधान पाउने गरेको कुरा यतिखेर आसन्न स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सारा वडावासीले भनिरहेको पाइएको छ।

सकभर कसैलाई निराश वनाउन नजानेका विकासमान श्रेष्ठले सवै वडावासीको समस्यालाई समाधान गर्न कुनै कसर वाँकी नराखेको छातिमा हात राखेर कसम खाएरै भनेका छन् । जसको कारण वडामा अपोजिसन पार्टी नेपाली कांग्रेसका नेताहरुले पनि दिल खोलेर विकासमान टीमको तारिफ गर्ने गरेको पाइएको छ।

वडा अध्यक्षको कुर्सीमा बसेको लगभग पाँच बर्ष पूरा भैसकेको अवस्थामा आफूले पार्टीगत रुपमा कसैलाई नहेरको र सवैलाई सम्मानजनक ढंगले सेवा दिएको दावी विकासमान श्रेष्ठको रहेको छ। यसकारण पनि अपोजिसन पार्टीका नेताहरुका पनि प्रिय वडा अध्यक्षका रुपमा चिरपरिचित विकासमान श्रेष्ठलाई उनीहरुले पनि आसन्न निर्वाचनमा वडा अध्यक्षमा जित्ने बताइरहेका छन्।

प्रत्येक जनयुद्ध केवल नेपाली जनताको नाममा लडे्को कारण पार्टीभन्दा माथि उठेर जनताको सेवामा लाग्दै निष्ठाको राजनीति गर्दैआएको सगौरब बताउने विकासमानका सहयोद्धा उमेरले दुई बर्ष जेठा भएतापनि अत्यन्त प्रिय साथी एवम् खुल्ला वडा सदस्यका उम्मेदवार अशोक कुमार श्रेष्ठ पनि आफूलाई आरामको राजनीति गर्नका लागि विकासमानको ठूलो साथ र सहयोग रहेको बताउंछन्।

आसन्न स्थानीय निर्वाचन ३० बैशाख २०७९ मा विकासमान श्रेष्ठको सर्वप्रिय टीम नै निर्वाचनमा होम्मिएका छन्। पार्टीले पनि विकासमान टीमको सफल कार्यको ठूलो मूल्यांकन गरेर टीमलाई नै टिकट दिएर उम्मेदवार वनाएका छन्। जसअनुसार, विकासमान श्रेष्ठ वडा अध्यक्षको उम्मेदवार, महिला वडा सदस्यको उम्मेदवारमा शोभादेवी प्रधान, दलित वडा सदस्यको उम्मेदवारमा मञ्जु रिजाल तथा खुल्ला वडा सदस्यका उम्मेदवारहरुमा अशोक कुमार श्रेष्ठ र पूनम निरौला छन्।

पाँच बर्षमा जति वडावासीका लागि गर्नुपर्ने चुनावी घोषणा अनुरुपका प्राय काम पूरा गरिसकेको भएतापनि अझ त्यो भन्दा बढी काम गर्न आफूहरुले चाहेको विकासमान श्रेष्ठ नेतृत्व टीमले वताएका छन्।

सूर्य ध्वजावाहक नेकपा एमालेवाट वडा अध्यक्षका उम्मेदवार विकासमान श्रेष्ठको सवैलाई बरोबर काम, कर्तव्य र अधिकार दिएर काम गर्न सक्ने बेग्लै खुबी भएको कारण टीमवर्क बलियो भएको हो। टीमवर्क राम्रो भएको कारण वडामा सन्तुलित विकास भएको सवैले महशुश गरेका छन्।

राम्रो टीमवर्क भएको विकासमानको टीमलाई जिताउन हतार नै भैसकेको प्रत्येक दिनको घरदैलो कार्यक्रममा पुग्दैगर्दा विकासमान टीमलाई वडावासीहरु भन्ने गरेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल बैशाख २३ गते शुक्रवार ।