काठमाडौं। आसन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको चर्चा पनि अग्रतामा रहेको छ। त्यो पनि काठमाडौं महानगरपालिका वडा नंबर २५ मा आँखीझ्याल चिन्ह वोकेर जनतामाझ चुनावी मैदानमा देखिएका वडा अध्यक्षका उम्मेदवार डार्बिन श्रेष्ठको चर्चा अग्रतामा रहेको हो।

आँखीझ्यालमा आँखा जानुको प्रमुख कारण नै डार्बिन श्रेष्ठले वितेको पाँच बर्षमा वडा सदस्य हुंदा वडावासीको हक, हित र अधिकारको कार्यमा उल्लेखनीय योगदान दिएकोले हो। जसको कारण सवै वडावासीले मुक्तकण्ठले प्रशंशा गरिरहेको पाइन्छ। वडामा कतै ढल निकासको समस्या भएमा या ज्येष्ठ नागरिकको बृद्धभत्ता वितरणमा समस्या आएमा तथा नागरिकता वनाउन समस्या आएको बेला जिल्ला प्रशासन कार्यालयसम्म गएर सहयोग गर्ने बानी अनि स्वास्थ्य क्षेत्रको विकासका लागि आफूले खाइपाइ आएको भत्ता समेत बाँड्ने वडा सदस्यको छवि कायम गरेका जनसेवक डार्बिन श्रेष्ठलाई सूर्य ध्वजावाहक नेकपा एमालेले वडा अध्यक्षको उम्मेदवार वनाउने अन्तिम चरणमा घात–प्रतिघातको राजनीति भएको घामजस्तै छर्लङ भैसकेको छ।

जसको कारण आफूलाई बाहिर पारेपछि जनमतको कदर गरेर आँखीझ्याल चिन्हवाट स्वतन्त्र वडा अध्यक्षको उम्मेदवारी दिएको डार्बिन श्रेष्ठले भिजन संसार डट्कमलाई जानकारी दिएका छन्। आँखीझ्याल चुनाव चिन्हवाट वडा अध्यक्षको उम्मेदवार बनेका श्रेष्ठले आफूलाई असाध्यै माया गर्ने आम वडावासीलाई आँखीझ्याल चिन्हमा छाप लगाएर विजयी वनाउन विनम्र अनुरोध गरेका छन्।

आफूलाई आँखीझ्याल चुनाव चिन्हमा बहुमतवाट वडाअध्यक्षमा विजयी बनाएमा विगत पाँचबर्षमा वडावासीलाई आफूले अहोरात्र सेवा गरेको सही मूल्यांकन हुने भनेर डार्बिन श्रेष्ठले वताएका छन्। निर्वाचनमा जितेर अझ धेरै वडावासीको सेवामा आफू लाग्ने प्रतिबद्धता पनि श्रेष्ठले व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख २२ गते विहीवार ।