काठमाडौं। काठमाडौं महानगरपालिकाका वडाहरुमा सानो वडाको रुपमा मानिएको काठमाडौंको कोर एरियाको वडा नंबर १८ मा आसन्न स्थानीय निर्वाचनमा तीन दलको गजबको मिलेको गठवन्धन छ।

भिन्न तिन पार्टी भएतापनि एकै पार्टी अर्थात जनता समाजवादी पार्टी (जसपा)को चुनाव चिन्हवाट चुनावी मैदानमा छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका चन्द्रकुमार महर्जनले वडा अध्यक्षमा तथा दुई खुल्ला वडा सदस्यमा नेकपा (माओवादी केन्द्रका नहकुल महर्जन र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका मनिष हमालले उम्मेदवारी दिएका छन्।

केन्द्रमा नेपाली कांग्रेससंग गठवन्धन भएतापनि वडामा भने, काँग्रेसकै स्थानीय नेताहरुका कारण गठवन्धन हुन नसकेको खुलासा वडा अध्यक्षका उम्मेदवार महर्जनले गरेका छन्। काठमाडौं महानगरपालिका वडा नंबर १८ मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको अनुपम वडा भएको कारण यस वडालाई पर्यटन हबको रुपमा विकास गरेर लैजाने आफूहरुको एक मात्र लक्ष्य तथा उदेश्य भएको महर्जनले वताएका छन्।

काठमाडौंको कोर एरियाको समस्या भनेकै अव्यवस्थित शहरीकरणको चर्को मार, यातायात तथा फोहर लगायतको अस्तव्यस्तता नै प्रमुख रहेको कारण त्यसको समाधान वोकेर आफूहरु चुनावी मैदानमा आएको महर्जनको भनाई छ। आफूहरुलाई सवैको सहयोग हुने विश्वास महर्जनले गरेका छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख २२ गते विहीवार ।