Mr.Shailesh Shakya Langbareju-Nepali Congress Leader of Kathmandu.
Mr.Shailesh Shakya Langbareju-Nepali Congress Leader of Kathmandu.

काठमाडौ। राजनीतिमा घात–प्रतिघात हुने गर्दछ। त्यो घात तथा प्रतिघातको शिकार नेपाली कांग्रेसका निष्ठावान महशुर नेता शैलेश शाक्य लगंबरेजु पनि परेका छन्।

काठमाडौको क्षेत्र नंबर ९ वाट मंसीरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभासदको निर्वाचनमा प्रत्यक्षवाट टिकट पाउने संभावना हुंदा–हुंदैपनि नाम देखिएको छैन्।

Mr.Shailesh Shakya Langbareju with Nepali Congress Presedent & Prime Minister of Nepal Mr.Sher Bahadur Deuba.
Mr.Shailesh Shakya Langbareju with Nepali Congress Presedent & Prime Minister of Nepal Mr.Sher Bahadur Deuba.

स्थानीय तथा जिल्लास्तरका नेतावाट आफूलाई घात भएतापनि केन्द्रको आफूलाई आशिर्वाद प्राप्त भएकोले कात्तिक १२ गतेसम्म संभावना भएको झिनो आशा नेता लगंबरेजुले गरेका छन्। स्थानीय तथा जिल्ला स्तरीय नेताले गरेको बेइमानीलाई केन्द्रका नेताहरुले सच्याएर समानुपातिकमा भएपनि पठाउने आश्वासन प्राप्त भएको नेता लगंबरेजुले भिजन संसारसंगको कुराकानीमा भनेका छन्।

आफूलाई घात तथा प्रतिघात गर्नेलाई निर्वाचनमा स्थानीय जनताले निर्वाचनमा उनीहरुलाई पनि राम्ररी सबक सिकाउने खवरदारी पनि उनले गरेका छन्। विद्यार्थीकालदेखि नेवि संघ हुंदै नेपाली कांग्रेसको राजनीतिमा समर्पित नेता लगंबरेजु काठमाडौ क्षेत्र नंबर ९ का चर्चित नेता पनि हुन्। नेपाली कांग्रेसका वर्तमान सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा लगायतका शिर्षस्थ नेताहरुसम्म पनि लगंबरेजुको पहुंच अनि उनीहरुको आशीर्वाद रहेको छ।

Mr.Shailesh Shakya Langbareju with Late Sushil Koirala( Senior Leader of Nepali Congress)
Mr.Shailesh Shakya Langbareju with Late Sushil Koirala( Senior Leader of Nepali Congress)

प्रकाशन मिति–२०७४ साल कात्तिक ३ गते शुक्रबार ।