dari-n-kapalकाठमाडौ। नेपाली कांग्रेसको १३ औ महाधिवेशनको आज आइतवार अन्तिम दिन सभापति देखि केन्द्रिय सदस्य तथा सदस्यहरुको निर्वाचन प्रकृया विहानदेखि प्रारम्भ भएको छ। महाधिवेशन स्थल काठमाडौको भृकुटीमण्डप क्षेत्रमा निक्कै नै कौतुहल तथा रोमान्चकता पाइएको छ।

नेपालभरवाट आएका ३ हजारभन्दा बढी प्रतिनिधिहरु आ–आफ्ना उम्मेदवारलाई मतदान गर्न लामवद्ध भएर बसेका छन्। कतिपय दिनभरमा जतिखेर दिएपनि हुन्छ नि भन्दै लामो दाह्री तथा कपाल काट्न व्यस्त बनेको पाइएको छ। महाधिवेशन स्थलमा निःशुल्क कपाल तथा दाह्री काट्ने सुविधा पनि दिइएकोले आइतवार विहानसम्म १ हजार भन्दा बढी प्रतिनिधिहरुले कपाल तथा दाह्री काटेका छन्।

नाइ संघका अध्यक्ष राजाराम ठाकुरको नेतृत्वमा निःशुल्क कपाल तथा दाह्री काट्ने व्यवस्था गरिएकोले प्राय सवैले मौकाको अवसर लिएको अध्यक्ष ठाकुरले भनेका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन २३ गते आइतवार ।
प्रकाशन समय– विहान १०.४५ बजे ।