काठमाडौं। विश्व सम्पदा सूचीमा रहेको काठमाडौंको गौरब तथा शान काष्ठमण्डपको पूर्ननिर्माणले तिब्रता पाएको छ। काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक तथा ३ नंबर प्रदेशका सांसद राजेश शाक्यको अगुवाईमा काष्ठमण्डप पूर्नरनिर्माणले तिब्रता पाएको हो।

पुस तथा माघको चर्को चिसोको पनि कुनै परवाह नगरिकन सामान्य पहिरनमा काष्ठमण्डप पूर्नरनिर्माणमा अहोरात्र लागिरहेका सांसद शाक्यले आगामी असार महिनाभित्र काष्ठमण्डपको भूईतल्ला तयार हुने ठोकुवा गरेका छन्। पूरातत्वविद तथा बास्तुविदहरुसंगको सहयोग र सरसल्लाह अनि चमत्कारी कौशलताले भरिपूर्ण कालिगढहरुको श्रमले भत्किएको गौरब अनि शान काष्ठमण्डप उठ्ने तर्खरमा रहेको दावी पनि सांसद शाक्यको रहेको छ।

काठमाडौं महानगरपालिकाको सहयोगमा काष्ठमण्डप जनस्तरवाटै पूर्नरनिर्माण भैरहेको र यस पूर्नरनिर्माणमा विदेशी कुनै दाताहरुको सहयोग नभएको खुलासा समेत सांसद शाक्यले गरेका छन्। तीन बर्षभित्र पुरातत्विक महत्वको काष्ठमण्डपलाई दूरुस्त रुपमा तयार हुने गरी कार्य भैरहेको र पहिलाको भन्दा अझ बलियो काष्ठमण्डप बन्ने ठोकुवा पनि सांसद शाक्यको रहेको छ।

विसं.१९९२ साल माघ २ गते आएको सवैभन्दा ठूलो महाभूकम्पमा पनि खासै तहस–नहस नभएको काष्ठमण्डप विसं.२०७२ साल बैशाख १२ गतेको भूकम्पमा ध्वंस्त हुनुको पछाडि अरु केही नभइकन समय–समयमा काष्ठमण्डपको पूर्नरनिर्माण नभएरै हो भनेर काष्ठमण्डप पूर्नरनिर्माण विज्ञ प्रेमनाथ मास्केको भनाई रहेको छ। काष्ठमण्डप ध्वंस्त हुनुमा भूकम्पको मात्र दोष नभइकन समय–समयमा मर्मत–संभार नहुनु प्रमुख कारण हो भनेर मास्केले भनेका छन्।

ईतिहासविद, आर्टिटेक्चर सुदर्शन तिवारीले काष्ठमण्डपको मौलिकता माटो, ईटा र काठ भएको बताए। यी सामग्रीको समयोजनलाई मिलाएर ऐतिहासिक काष्ठमण्डप निर्माण हुनु पर्नेमा जोड दिए। ईतिहासविद् तिवारीले काष्ठमण्डप सातौ सताब्दीमा निर्माण भएको अनुसन्धानबाट थाहा भएको र नवौ शताब्दीमा यसको पूर्नरनिर्माण खुलासा गरेका छन्।काष्ठमण्डपका बास्तुकला विद तथा योजनाकार काईवाईडले पनि काष्ठमण्डप पूर्नरनिर्माणमा ऐतिहासिकता र पुरातत्विकतालाई विशेष ध्यान दिएको भनेका छन्।

पुरातत्व विभाग,हनुमानढोका हेरचाह अड्डा प्रमुख अरुणा नकर्मीले विश्व सम्पदा काष्ठमण्डप पुननिर्माण अभियानमा सबैको सहयोग र साथ आवश्यक भएको बताउंदै ३ नंबर प्रदेशका सांसद राजेश शाक्यको अहोरात्र कार्य अनि लगनशीलता तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनलाई समेत अक्षरसःपालना गरेर पूर्नरनिर्माणमा तिब्रता दिएको यथार्थतालाई दिल खोलेर प्रशंशा गर्न भ्याइन्।

काष्ठपमण्डप पूर्नरनिर्माण गर्न काष्ठमण्डप पूर्नरनिर्माण समितिलाई हालसम्म काठमाडौ महानगरपालिकाबाट ५ करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ।
प्रकाशन मिति–२०७५ साल माघ ११ गते शुक्रवार ।