काठमाडौं। चुपचाप भुटानकी महारानी लुम्विनी पुगेकी छन्। भुटानकी महारानी अशी दोर्जी वाङ्मो वाङचुक शुक्रवार बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमणमा पुगेकी हुन्।

कुनै तामझाम नगरिकन सामान्य नागरिक सरह लुम्बिनी पुगेकी भुटानी महारानीको शैलीलाई सवैले रुचाएको पाइएको छ। राजकुमारी सोनाम डेचन, अवतारी लामासहित भुटानी महारानी वाङचुक लुम्बिनी पुगेकी हुन्।

भुटानी महारानीलाई लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले लुम्बिनीमा स्वागत गरेका थिए। महारानी वाङचुकले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गरेकी थिइन्।

लुम्बिनी भ्रमणपछि महारानीले सिद्धार्थ गौतमले २९ वर्ष बिताएको स्थल कपिलवस्तुको तिलौराकोटको समेत भ्रमण गरेकी थिइन्। विहीवार साँझ नेपाल आएकी भुटानी महारानी शनिवार स्वदेश फर्कने भएकी छन्।
प्रकाशन मिति–२०७५ साल माघ १२ गते शनिवार ।