काठमाडौं। काठमाडौंको गौरब तथा शान ऐतिहासिक गौरबशाली काष्ठमण्डप पुननिर्माण पचहत्तर प्रतिशतभन्दा बढी संपन्न भएको छ। विसं.२०७२ साल बैशाख १२ गते १२ बजे आएको महाभूकम्पले ध्वंस्त वनाएको काष्ठमण्डपको जस्ताको तस्तै पुननिर्माण कार्यको अन्तिम चरणमा पुगेको हो।

अव आगामी नयाँ बर्ष २०७८ सालको बैशाख १२ गते १२ बजे नै उदघाटन हुने निश्चित भएको छ। विना विदेशी लगानी काठमाडौं महानगरपालिकाको अर्गानिक लगानीमा पुननिर्माण भैरहेको काष्ठमण्डप पूर्नरनिर्माणको प्रगति विवरण स्थलगत रुपमा हेर्न पुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई जानकारी दिने क्रममा काष्ठमण्डप पुननिर्माण समितिका संयोजक तथा बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यले पुननिर्माण स्थानीयका सहभागितामा स्थानीयका चाहना वमोजिम पहिलाको जस्तै जस्ताको तस्तै पूर्नरनिर्माण भएको बताएका छन्।

विसं.२०७२ सालमा आएको जस्तो महाभूकम्पलाई पनि थेग्न सक्ने भूकम्प प्रतिरोधात्मक परम्परागत तथा बैज्ञानिक पद्धतिलाई मिक्सअप गरेर पूर्नरनिर्माण भैरहेको जानकारी पनि सांसद शाक्यले दिएका छन्। अवलोकन भ्रमणमा बागमती प्रदेशका अर्का लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यको समेत सहभागिता रहेको थियो। मौलिक परम्परागत शैलीलाई जस्ताको तस्तै गरेर काष्ठमण्डपको पुननिर्माणा भैरहेको आफूहरुले पाएको अवलोकन भ्रमणमा पुगेका दुवै मन्त्रीले वताएका छन्। उनीहरुले काष्ठमण्डप पुननिर्माण समितिका संयोजक तथा बागमती प्रदेशका सांसद राजेश शाक्यको नेतृत्वको खुलेर प्रशंशा गरेका थिए।

समितिका संयोजक शाक्यका अनुसार, काष्ठमण्डप पुननिर्माण संपन्न गर्न करिब १३ करोड रुपिया लाग्नेछ। सरकारको तर्फबाट पुर्नरनिर्माण गर्दा करिब १९करोड रुपिया अनुमान गरिएको थियो । काठमाडौं महानगरपालिकाको पूर्ण आर्थिक सहयोगमा पुर्नरनिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रुपिया उपलब्ध गराइसकेको छ । समितिले पुननिर्माणा विसं.२०७५ वैशाख ३१ गतेवाट काम शुरु गरेको थियो।
प्रकाशन मिति–२०७७ साल कात्तिक २१ गते शुक्रवार ।