काठमाडौँ । काठमाडौंको शान तथा गौरब मानिएको कमलपोखरीको व्युटीफिकेसन तथा पूर्नरनिर्माण भएर यसको उदघाटन भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक कमलपोखरीको बुधवार उदघाटन गरेका हुन्।

काठमाडौं महानगरपालिकाको गौरबमय योजनामध्येको एक कमलपोखरी पुननिर्माण गुरुयोजनाअनुसार २ चरणमा पुननिर्माण भैरहेको छ। यसमध्येको पहिलो चरणको काम सकिएपछि बुधवार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन्। काठमाडौं महानगरपालिका वडा नंबर १ मा पर्ने कमलपोखरी पुननिर्माण गर्न २०७६ असार १९ गते मेयर शाक्यले नै शिलान्यास गरेका थिए।

कमलपोखरी पुननिर्माण गर्न र सौन्दर्य बढाउने कामका लागि महानगरले ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ ८१ पैसा लागत अनुमान गरेको थियो। यसका आधारमा गरिएको खुल्ला प्रतिस्पर्धाबाट धनञ्जय कंडेल जे.भि.रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पायो ।

२०७७ असार १५ गतेभित्र पुननिर्माण पूरा गर्ने मुख्य शर्तका आधारमा निर्माण पक्षलाई महानगरले २०७६ असार ६ गते कार्यादेश दिएको थियो । कोविड महामारीले निर्माण सामग्री ल्याउन र जनशक्ति परिचालन गर्न नसकिने अवस्था आएपछि पुननिर्माणको काम तोकिएको समयमा काम नभएर ढिला भएको काठमाडौं महानगरले जनाएको छ।

प्रकाशन मिति–२०७८ साल चैत ३ गते विहीवार ।