काठमाडौं। नेपालमा महाशक्तिशाली भूकम्प गएको चार बर्ष पुगेर पाँच बर्ष लाग्नै लाग्दा त्यसको अघिल्लो दिन अर्थात आज बुधवार विहान ६ बजेर २९ मिनेटमा भूकम्प गएको छ। धादिङको नौविसे केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यसैगरेर आज विहान नै ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरेर दुई पटक भूकम्प गएको हो। दुवै भूकम्पको केन्द्रविन्दु धादिङ रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।जसवाट काठमाडौं लगायतका वरपरका स्थानमा नराम्ररी हल्लाएको थियो।

चार बर्ष अगाडि आएको महाभूकम्पलाई आज आएको भूकम्पले संझाउने कार्य गरेको छ। एकक्षण सवैलाई आतंकित बनाएको थियो। विसं.२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो।

त्यस समय करिब १० हजारले ज्यान गुमाएका थिए। जसको आलो घाउ नमेटिएको अवस्थामा आज आएको भूकम्पले चार बर्षअघिको महाशक्तिशाली भूकम्पलाई फेरि संझाएको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख ११ गते बुधवार ।