काठमाडौं। धन भएर मात्र हुंदैन। मन पनि हुनुपर्दछ। धेरै धन भएर मन भएन भने, त्यो मान्छेको अर्थ पनि हुंदैन। भन्नेहरुले धनीहरुका मन हुंदैन भन्छन्। कति धनीहरु धन पोका पारेर रमाइरहेका हुन्छन्। त्यस्ता धनीहरु मरेपछि त्यो धन पनि आफूसंगै लान पाइन्छ भन्ने सोच राख्छन्। जुन सोचले गर्दा उनीहरुमा अत्यन्त घमण्ड बढाइरहेको कुरा उनीहरु आफैलाई थाहा हुदैन्।

वास्तवमा मरेर लानु केही छैन्। बाँचुञ्जेलीका लागि छ त हो भन्ने सोच राख्नेहरु कहिले पनि घमण्डी बन्दैन। उनीहरु अरुले जस्तो निन्द्रा किनेर सुत्नु पर्दैन। मज्जाले निदाउन सक्छन्। आनन्द र तृप्तिको अनुभव गर्न सक्छन्। त्यही सोचमा धनभन्दा मन ठूलो बनाउने मान्छेका नामहरुको भीडमा अर्जुन खड्काको नाम पनि आएको छ।

जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल र नेपालीको सेवामा समर्पित अन्तरराष्ट्रिय संस्था हामी नेपाली ग्लोबलका बोर्ड अफ डाइरेक्टर समेत रहेका अर्जुन खड्काको थाकथलो काठमाडौं नै हो। अर्थात अर्जुन खड्का काठमाडौंको रैथाने हुन्। रैथाने हुनुको आफैमा दुःख छ। त्यो त केवल अर्जुन खड्का जस्ता काठमाडौंका धेरै रैथानेहरुका दुःख केवल रैथानेहरुलाई मात्र थाहा छ। उनै काठमाडौंका रैथाने अर्जुन खड्का अढाई दशक अगाडि रैथाने दुःखवाट मुक्त बन्ने आम नेपालीहरुको सपनाको देश अमेरिका हानिएका थिए।

अमेरिका पुगेर आम नेपालीले जस्तो अर्जुन खड्काले पनि धेरै दुःख खेपेका छन्। साउन–भदौ तथा पुष–माघ नभनिकन अमेरिकामा दुःख विसाएका छन्। सोही संघर्ष तथा कडा मेहनतका कारण अमेरिकाको न्यूर्याकमा प्रतिष्ठित नेपाली व्यापारीका रुपमा अर्जुन खड्का चिनिएका छन्। आफूले अमेरिकामा आर्जन गरेका आधाभन्दा बढी कमाई यतिखेर अर्जुन खड्काले मन ठूलो बनाएर विपन्न वर्गको क्षमता विकासमा सामाजिक सहयोग गरिरहेका छन्।

असहाय तथा अनाथ बालबालिका आश्रित बाल आश्रम लगायत विभिन्न बृद्धाश्रमहरुमा सक्दो सहयोग गर्ने कार्य गरिरहेका छन्। बेलाबखत नेपाल आएर सामाजिक सहयोग गर्ने कार्य गर्दैआएका अर्जुन खड्का सामाजिक अभियानका अभियन्ता पनि हुन्। नेपाल र नेपालीको लागि आफूले तन, मन तथा धनले सक्दो सहयोग गर्ने कार्यमा सदा लाग्ने प्रतिबद्धता पनि अर्जुन खड्काको रहेको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख १० गते मंगलवार ।