काठमाडौं। रातो टीका तथा सिन्दूर आन्दोलनका प्रणेता ६१ बर्षकी जवान अग्रज साहित्यकार पुष्पलता आचार्यको ६२ औं कृति प्रकाशित भएको छ। आफ्नै संसार नामक सामाजिक उपन्यासको प्रकाशन भएको हो।

नेपाली समाजमा विलकुलै नयाँपन र नयाँ सोचको धारवाट सिर्जना भएको उपन्यासकार पुष्पलता आचार्यको नविनतम आधुनिक पुस्ताको सर्वोत्तम उपन्यासको रुपमा आफ्नै संसार प्रकाशित भएको छ। जसमा उपन्यासकार पुष्पलता आफै पात्रको रुपमा उपन्यासमा केन्द्रिकृत बनेकी छन्।

५२ लाखको स्कारपियो गाडी हाँकेर प्राय यात्रामा हिंडिरहने अनवरत यात्री पुष्पलता आचार्यको त्यसरी हुइँकिने क्रममा चितवनको मुग्लिनमा गाडीमा अचानक ठोक्किन आउने व्यक्तिसंगको साक्षात्कार पछि उर्लेको भावना तथा साहित्यिक तरंगको छालमा सिर्जना भएको सामाजिक उपन्यास आफ्नै संसार पुष्पलताको नारी भावनाको उत्तार–चढावको बेग्लै संयोग हो।

जसमा नारी मनभित्रको ज्वारभाटाहरु सागरको पिंधमा जस्तै उथलपुथल हुनुको अलावा विपरित लिङ्गप्रतिको आकर्षण अनि त्यसलाई दबाउन खोज्दाको उकुसमुकुसलाई यस सामाजिक उपन्यासलाई सामाजिक रुपमा प्रस्तुत गर्ने कार्य आफूले गरेको जिकिर उपन्यासकार पुष्पलता आचार्यको रहेको छ। १ सय ४४ पृष्ठको सामाजिक उपन्यास आफ्नै संसारलाई सिमल बुक पब्लिकेसन्सले प्रकाशनमा ल्याउने कार्य भएको छ।


प्रकाशन मिति–२०७६ साल बैशाख ९ गते सोमवार ।