काठमाडौं। काठमाडौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन् ।

बिहीबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको हो।

जोरबिजोरलाई कडाईका साथ लागू गरिने र मानिसको आवागमन जतिसक्दो कम हुने गरी उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ। डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन जारी भएको छ।

सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको छ।

 

प्रकाशन मिति–२०७८ साल माघ ८ गते विहीवार ।