काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण नेपालमा चैत ११ गतेवाट लकडाउन भएपछि र त्यसअघि राजधानी काठमाडौं छाड्नेहरुको ओइरो देखिन थालेको छ। साउन ६ गतेवाट लकडाउनको अन्त्य गरेपछि काठमाडौंवाट वाहिरिनेहरुको राजधानी भित्रने संख्यामा व्यापक बृद्धि भएको हो।

साउन ६ गतेवाट लकडाउनको सरकारले अन्त्य गरेतापनि एक जिल्लावाट अर्को जिल्लामा सवारी आतेजाते गर्न रोक लगाएको छ। सरकारले भदौ गते १ बाट मात्र लामो रुटका सवारीसाधन चल्न दिने निर्णय लिएपनी अबैध तवरमा सर्वसाधारण राजधानी भित्रने क्रम रोकिएको छैन। सरकारले राजधानीका नाकाहरुमा पिसिआर परिक्षण शिविर चलाएपनि बिना पिसिआर दिनहुँ हजारौं सर्वसाधारण राजधानी भित्रिरहेका छन्।

मालबाहक सवारीसाधनहरुबाट नाकामा ओर्लेर पुनः नाका अगाडी चढ्दै सर्वसाधारण राजधानी भित्रिदैँछन् जसका कारण कोरोनाको जोखिम अझ बढ्ने देखिन्छ। एक नाकासम्म संवन्धित जिल्लाका सवारीवाट आउने र अर्को नाकावाट केही मिटर या किलोमिटर पैदल यात्रा गरेर अर्को सवारीमा चढ्ेर काठमाडौं उपत्यका भित्रनेको लर्को लाग्ने गरेको छ।

एक जिल्लावाट अर्को जिल्लामा सवारी चलाउन रोक लगाएतापनि पैदल यात्रा गर्न रोक नलागेको कारण पनि निर्वाध रुपमा काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरुको लर्कोको कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम दिनानुदिन बढ्दै गएको छ।


प्रकाशन मिति–२०७७ साल साउन १५ गते विहीवार ।