काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण लकडाउन सुरू भएदेखि नेपालमा बन्द भएका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुलेका छन्। सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आज साउन १५ गते विहीवार देखि खुलेका हुन्।

सरकारले होटल व्यवसाय खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन्। व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र खुल्ने छन्। रेष्टुरेन्ट भने यसअघि नै खुलिसकेका छन्। सरकारले यसअघि सीमित क्षमतामा मात्र खोल्नका लागि अनुमति दिए पनि रेष्टुरेन्टहरूमा त्यो पालना भएको थिएन्।
तारे होटलहरूले भने यसअघि नै सन् २०२० को डिसेम्बरसम्म व्यापार आउने सम्भावना नभएकाले बन्दको घोषणा गरिसकेका छन्। यद्यपि बीचमै सीमित क्षमतामा होटल खोल्न सकिने सञ्चालकहरूले बताएका छन्।

होटल व्यवसाय खुलेतापनि पर्यटक नभएका कारण होटलहरु सुनसान नै देखिएका छन्। काठमाडौं पर्यटकीय नगरी ठमेल, भक्तपुरको नगरकोट, काभ्रेको धुलिखेल, चितवनको सौराहा तथा पोखराका होटल व्यवसायीहरुले विदेशी पर्यटकहरु चाँडै आउने कुनै संभावना नभएको कारण आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर विभिन्न प्याकेज ल्याउने योजना राखेका छन्। जसवाट होटल व्यवसायीहरु वीच सस्तो प्रतिस्पर्धा हुने व्यवसायीहरुले नै भनेका छन्।
प्रकाशन मिति–२०७७ साल साउन १५ गते विहीवार ।