काठमाडौं। सरकारले लकडाउनको अन्त्य गरेपछि नाका–नाकासम्म गाडीवाट र त्यसपछि केहीबेर पैदल हिंडेर फेरि गाडी चढेर काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको लर्को नै लाग्न थालेपछि काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बृद्धि भएको ठहर भएको छ। त्यसरी काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य कोरोना टेष्ट नगर्ने भएको कारण उपत्यकामा भयावह सिर्जना हुने संभावना देखिएको छ।

यसले गर्दा गृह मन्त्रालयले विहीवार विशेष सूचना नै जारी गरेर काठमाडौं उपत्यकाका नाकामा प्रवेशमा रोक लगाएको छ। गृह मन्त्रालयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाडौं उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको हो।

यो निर्णय (साउन १५) देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण बन्द गरेको छ। काठमाडौं उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन निर्देशन दिइएको छ।


प्रकाशन मिति–२०७७ साल साउन १६ गते शुक्रवार ।