काठमाडौं। नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप विवादमा तानिएका छन्। चुनावमा छल हुनसक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नु पर्ने ट्रम्पको तर्क यतिवेला ट्रम्पकै पार्टीका शिर्ष नेताहरुबाट आलोचनाको विषय बनिरहेको छ।

विपक्षी डेमोक्रेटिक पार्टीले तिब्र विरोध जनाईरहेको बेला ट्रम्पकै दल रिपब्लिकन पनि आलोचनमा उत्रिएको हो। माथिल्लो सदन सिनेटका मेजरिटी लिडर मिच म्याकोनेल र तल्लो सदनका माइनोरिटी लिडर केविन म्याकर्थीले ट्रम्पको प्रस्ताव खारेज गरेका छन्। उनीहरु दुवै जना रिपब्लिकन हुन।

ट्रम्पसँग राष्ट्रपतिको चुनाव पछि सार्ने कुनै अधिकार छैन्। चुनाव पछि सार्ने प्रस्ताव संसदले पास गर्नु पर्छ। ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली, छल तथा तथ्यगत नतिजा नआउने भन्दै चुनाव सार्ने प्रस्ताव गरेका हुन।।
(अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल साउन १६ गते शुक्रवार ।