Bidhya Sundar Shakya & Raju Raj Joshi
Bidhya Sundar Shakya & Raju Raj Joshi

काठमाडौ। नेपालको पहिलो महानगरपालिका काठमाडौ महानगरपालिकाको चुनावी परिणाम निक्कै उत्साहजनक ढंगले देश तथा विदेशसम्म हेरिएको छ।

मतगणनाको अत्यन्त सुस्तताले ३२ वडामा विभाजित काठमाडौ महानगरपालिकाको मतगणना १ नंवर वडाको अन्तिम चरणमा पुगेको छ। १ नंबर वडाको मतगणना अनुसार मंगलवार राति ९ः३० बजेको पछिल्लो परिणाममा मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यको नै अग्रता देखिएको छ।

कुल २ हजार १०० मत गणना गर्दा शाक्यले ६२३ र नेपाली काँग्रेसका राजुराज जोशीले ५९३ मत प्राप्त गरेका छन्। विकेकशील पार्टीका रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाको बराबर मत २३१ छ। हालसम्म प्रमुखमा २९२ मत बदर भएको छ ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २ गते मंगलवार ।