काठमाडौ। नेपालको पहिलो महानगरपालिका काठमाडौ महानगरपालिकाले नियमअनुरुप निर्माण भएका तर नक्सा पास नभएका भवनका लागि विशेष व्यवस्था ल्याएको छ।

निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याएको काठमाडौ महानगरपालिकाले भनेको छ।

काठमाडौ महानगरपालिकाका अनुसार महानगरवासीका लागि यो एउटा मौका हो। यस मौकाको पनि सदुपयोग नगरे धेरै महानगरवासीको घर नक्साविहीन हुने र उक्त घरबाट लिनुपर्ने फाइदाबाट वञ्चित हुनुपर्नेछ।

अबको एक महिनासम्म नियमअनुरुप निर्माण भएका तथा नक्सा पास नभई निर्माण भएका घरधनीले घरको विवरणसहित काठमाडौ महानगरपालिकामा निवेदन पेश गर्नुपर्नेछ।
प्रकाशन मिति–२०७५ साल असार ९ गते शनिवार ।